शनिबार, साउन १२ गते २०८१    
images
images
images

यी चर्चित एप कुनले कति समयमा प्राप्त गरे १० करोड प्रयोगकर्ता 

फेसबुलाई ४ वर्ष ६ महिना लाग्दा थ्रेड्सले ५ दिनमै पायो

images
शनिबार, असार ३० २०८०
images
images
यी चर्चित एप कुनले कति समयमा प्राप्त गरे १० करोड प्रयोगकर्ता 

२००३ मा सार्वजनिक भएको लिंकदिन एपले १० करोड (१०० मिलियन) प्रयोगकर्त प्राप्त गर्न ७ वर्ष ११ महिना लागेको थियो।

images

काठमाडौं- इन्टरनेटको विकाससँगै यसमा आधारित एप्लिकेसनको प्रयोग क्रमिक रुपमा बढ्दै गइरहेको छ। सुरुवाती समयमा इन्टरनेटको उपलब्धता न्यून थियो। सोही कारण उक्त समयमा आएका एपहरुले ठूलो संख्यमा प्रयोगकर्ता पाउन धेरै वर्ष पर्खनु गरेको थियो। 

images
images

तर पछिल्लो समय आएका एपहरुको प्रयोगकर्ता तीब्र गतिमा बढेका छन्। यसको पछिल्लो उदाहरण हो मेटाले ल्याएको थ्रेड्सको प्रयोगकर्ता। थ्रेड्स एस प्लेस्टोरमा आएको ५ दिनमा १० करोड (१०० मिलियन) प्रयोगकर्ता पुगेको छ। जबकी फेसबुका लागि १० करोड प्रयोगकर्ता पुग्न ४ वर्ष ६ महिना लागेको थियो। 

images

मेटाका संस्थापक मार्क जुकरबर्गका अनुसार थ्रेड्सले १० करोड प्रयोगकर्ताको थ्रेसहोल्ड जम्मा ५ दिनमै प्राप्त गर्न सफन भएको हो। यो उपलब्ध थ्रेड्सले बुस्ट नगरि नेचुरल मागमै पाएको जुकरबर्गको भनाइ छ। थ्रेड्सले यसअघि कायम भएका सबै रेकर्डहरु तोडेको हो। 

टिकटक, इन्स्टाग्राम, युट्युबलगायत एपले १० करोड प्रयोगकर्ता प्राप्त गर्न कति समय पाएका थिए त? २००३ मा सार्वजनिक भएको लिंकदिन एपले १० करोड (१०० मिलियन) प्रयोगकर्त प्राप्त गर्न ७ वर्ष ११ महिना लागेको थियो। एपको प्रकृतिका आधारमा पनि त्यसको प्रयोगकर्ता कति छिटो बढ्छ भन्ने निर्भर गर्छ। 

images

तर पछिल्लो समय भने संसारभर इन्टरनेटर र स्मार्टफोनको प्रयोगकर्ता बढेसँगै नयाँ आउने एपका प्रयोगकर्ता पनि उल्लेख्य रुपमा बढ्ने गरेका छन्। यसको सबैभन्दा राम्रो उदाहरणका रुपमा च्याटजीपीटी र थ्रेड्सलाईलिन सकिन्छ। च्याटजीपीटीले १० करोड प्रयोगकर्ता २ महिनामै पाएको थियो। 

यहाँ चर्चित एपहरु कहिले आए र तिनले कति समयमा १० करोड प्रयोगकर्ता प्राप्त गरेभन्ने बारे उल्लेख गरिएको छ। 

एप (प्लेटफर्म) 

सार्वजनिक भएको वर्ष 

१० करोड प्रयोगकर्ता पुग्न लागेको समय

थ्रेड्स

२०२३

५ दिन

च्याटजीपीटी

२०२२

२ महिना

टिकटक

२०१७

९ महिना

विच्याट

२०११

१ वर्ष २ महिना

इन्स्टाग्राम

२०१०

२ वर्ष ६ महिना

माइस्पेस

२००३

३ वर्ष

ह्वाट्सएप

२००९

३ वर्ष ६ महिना

स्न्यापच्याट

२०११

३ वर्ष ८ महिना

युट्युब

२००५

४ वर्ष १ महिना

फेसबुक

२००४

४ वर्ष ६ महिना

स्पोटिफाइ

२००६

४ वर्ष ७ महिना

टेलिग्राम

२०१३

५ वर्ष १ महिना

ट्वीटर

२००६

५ वर्ष ५ महिना

उबर

२०११

५ वर्ष १० महिना

पिनट्रेस्ट

२०१०

५ वर्ष ११ महिना

गुगल ट्रान्सलेट

२००६

६ वर्ष ६ महिना

वेल्र्ड वाइड वेब

१९९१

७ वर्ष

लिंकदिन

२००३

७ वर्ष ११ महिना


प्रकाशित : शनिबार, असार ३० २०८००५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend