बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एस्ट्रोपडमा थपियो नयाँ फिचर्स, राशिअनुसार डेटिङ पार्टरन खोज्न मिल्ने

शुक्रबार, असार २९ २०८०
एस्ट्रोपडमा थपियो नयाँ फिचर्स, राशिअनुसार डेटिङ पार्टरन खोज्न मिल्ने

एक्सप्लोर फिचरमा अप्ट इन गरेर र विशिष्ट घटना वा रुचि चयन गरेर ति गतिविधिमा आफूजस्तै रुचि राख्ने व्यक्ति पत्ता लगाउन सकिन्छ। 

काठमाडौं- नेपाली युवाहरूले विकास गरेको डेटिङ एप एस्ट्रोपडमा नयाँ फिचर्स थपिएको छ। युवायुवतीका लागि डेटिङ पार्टनर खोजिदिने उपायसहित एक वर्ष अघि नेपाली बजारमा सार्वजनिक भएको एस्ट्रोपडले अब इभेन्टमा सँगै जाने पार्टनर पनि खोज्न सकिने सुविधा सार्वजनिक गरेको छ। 

एपमा हालै अपडेट गरिएको एक्सप्लोर फिचरले रुचि साझा गर्ने र इभेन्टसँगै अन्वेषण गर्न चाहने समान विचारधारा भएका व्यक्तिसँग जोडिने रोमाञ्चक अवसर दिने दाबी गरिएको छ। 

प्रयोगकर्ताहरुले आफ्नो राशीअनुसारको एयर साइन फायर साइन अर्थ साइन तथा वाटर साइन हेरेर आफ्नो डेटिङ्ग पार्टनरका साथमा डेटिङ्ग स्थल छनोट गर्न सक्नेछन्। विशेषगरी वायु, अग्नी, जल र पृथ्वीले हाम्रा दैनिक जीवनकार्य र मानवलाई असर पार्ने ज्योतिषशास्त्रिय मान्यताअनुसार यी चिन्हमा आधारित रहेर प्रयोगकर्ताले आफूजस्तै रुचि राख्ने व्यक्ति खोजेर डेट गर्न सक्नेछन्।

एक्सप्लोर फिचरमा अप्ट इन गरेर र विशिष्ट घटना वा रुचि चयन गरेर ति गतिविधिमा आफूजस्तै रुचि राख्ने व्यक्ति पत्ता लगाउन सकिन्छ।


प्रकाशित : शुक्रबार, असार २९ २०८००८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend