बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

डेढ अर्ब लगानीमा डण्डी उद्योग खुल्दै

१३ दिनमै २० उद्योगमा ८ अर्ब ५८ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव

मंगलबार, कात्तिक २३ २०७८
डेढ अर्ब लगानीमा डण्डी उद्योग खुल्दै

९० हजार मेट्रिक टन भन्दा बढी डण्डी उत्पादन गर्ने गरी उद्योग विभागमा डण्डी उद्योग दर्ता भएको छ। उद्योगमा १ अर्ब ५७ करोड ४० लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ।  उद्योगले १ सय २३ जनालाई रोजगारी दिने उल्लेख छ।

काठमाडौं- पर्सामा साढे एक अर्ब रुपैयाँभन्दा बढी लगानीमा डण्डी उद्योग खुल्ने भएको छ। पर्साको विन्दबासिनी गाउँपालिका वडा नम्बर २ मा हुलास इन्फ्रा डण्डी उद्योग स्थापना हुन लागेको हो। 

९० हजार मेट्रिक टनभन्दा बढी डण्डी उत्पादन गर्ने गरी उद्योग विभागमा डण्डी उद्योग दर्ता भएको छ। उद्योगमा १ अर्ब ५७ करोड ४० लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ।  उद्योगले १ सय २३ जनालाई रोजगारी दिने उल्लेख छ।

योसँगै पछिल्लो १३ दिनमै २० वटा उद्योगमा ८ अर्ब ५८ करोड ३० लाख रुपैयाँ बराबरको लगानी गर्ने गरी उद्योग दर्ता भएका छन्।

उद्योग विभागमा अनुसार कात्तिक ५ गतेदेखि १७ गतेसम्म २० वटा उद्योग दर्ता भएको छन्। होटलदेखि डण्डी उद्योगमा लगानी गर्ने गरी उद्योग दर्ता भएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

industry.JPG


प्रकाशित : मंगलबार, कात्तिक २३ २०७८१३:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend