शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

रासायनिक मल कारखानाका लागि जर्मन कम्पनीसँग सम्झौता

वर्षमा ७ लाख टन युरिया उत्पादन गर्ने प्रस्ताव, विस्तृत अध्ययनको समय २ वर्ष 

बिहीबार , असार २८ २०८०
रासायनिक मल कारखानाका लागि जर्मन कम्पनीसँग सम्झौता

सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार, डियागको प्रस्तावका आधारमा लगानी बोर्डको मिति २०७८ चैत्र १७ मा सम्पन्न ५० औँ बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो। 

काठमाडौं- नेपालमै रासायनिक मल कारखाना स्थापनाका लागि जर्मन कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ। विस्तृत सम्भाव्यता अध्ययनका लागि जर्मन कम्पनी डियाग इन्डष्ट्रिज र लगानी बोर्डबीच सैद्धान्तिक सम्झौता भएको हो। 

सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्थाअनुसार, डियागको प्रस्तावका आधारमा लगानी बोर्डको मिति २०७८ चैत्र १७ मा सम्पन्न ५० औँ बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो। 

साथै प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा मिति २०७९ चैत ३० मा सम्पन्न लगानी बोर्डको ५३ औँ बैठकबाट स्वीकृत भएको थियो। समझदारीपत्रको प्रावधान बमोजिम प्रस्तावक डियागले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्नेछ। 

यो कम्पनीले प्राकृतिक ग्यास, इलेक्ट्रोसिस वा हाइब्रिड प्रविधिमध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन रासायनिक मल (युरिया) उत्पादन गर्ने प्रस्ताव गरेको छ। उल्लिखित प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका लागि ७१ करोड ४० लाख अमेरिकी डलर लाग्ने प्रारम्भिक अनुमान रहेको छ। 

उक्त समझदारीपत्र हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वन र दिगो रुपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने भएकाले तोकिएको समयभित्र सम्भाव्यता जाँचसहितको प्रतिवेदन पेश गर्न प्रस्तावकलाई आग्रह गरेका थिए। 


प्रकाशित : बिहीबार , असार २८ २०८०१२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend