बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सञ्चार मन्त्रालयको साइबर एड्भाइजरी, सरकारी कार्यालयमा वाईफाई निरुत्साहित गर्नू

बिहीबार , असार २८ २०८०
सञ्चार मन्त्रालयको साइबर एड्भाइजरी, सरकारी कार्यालयमा वाईफाई निरुत्साहित गर्नू

कुनै पनि साइबर थ्रेट भएमा सूचना प्रविधि आकस्मिक सहायता समूहको वेबसाइटमा रिपोर्ट गर्नुपर्ने उल्लेख गरिएको छ। 

काठमाडौं- सुरक्षित इन्टरनेट प्रयोगका लागि सरकारले साइबर एड्भाजरी जारी गरेको छ। इन्टरनेट नेटवर्कलाई सुरक्षित बनाउनका लागि सचेत गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर हाइजिन एड्भाइजरी जारी गरेको हो। 

सरकारी निकायहरूको प्रणालीमाथिको आक्रमण तीब्र भएर सेवा प्रवाह प्रभावितमात्र होइन समग्र सूचना नै जोखिममा पर्ने भएपछि सरकारले एड्भाइजरी जारी गरेको हो। 

सरोकार नभएका ठाउँबाट आएका इमेल हचुवाको भरमा नखोल्ने, सरकारी इमेल व्यक्तिगत प्रयोगमा नल्याउने, हरेक खाताको बहुपरीक्षण आधिकारिता विधिको प्रयोग गर्न सुझाव दिइएको छ। 

सहजै अनुमान गर्न मिल्ने पासवर्ड नराख्ने, एन्टीभाइरस, डेटाबेस, एप्लिकेशन जेन्युनमात्र राख्ने र नियमित योजनाअनुसार नवीकरण गर्न सुझाव दिइएको छ। 

सबै कर्मचारीलाई साइबर थ्रेट्सका बारेमा नियमित जानकारी दिने, जिम्मेवारीमा नरहेका कर्मचारीको संस्थागत खाता बन्द गराउने,  व्यक्तिगत डिभाइसमा संस्थागत तथ्यांक संकलनमा प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिइएको छ। 

कार्यालयमा वायरलेस नेटवर्कलाई आन्तरिक नेटवर्कबाट अलग गराएर वाईफाईको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने सुझाव दिइएको छ। 

कुनै पनि साइबर थ्रेट भएमा सूचना प्रविधि आकस्मिक सहायता समूहको वेबसाइटमा रिपोर्ट गर्नुपर्ने उल्लेख गरिएको छ।


प्रकाशित : बिहीबार , असार २८ २०८०१२:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend