बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भारतमा दर्ता भयो हाम्रो पात्रो, ज्योतिष तथा स्वास्थ्य सेवा दिने 

बिहीबार , असार २८ २०८०
भारतमा दर्ता भयो हाम्रो पात्रो, ज्योतिष तथा स्वास्थ्य सेवा दिने 

भारतीय बजारमा ज्योतिष, स्वास्थ्य तथा उपहार सेवा दिनेगरि दर्ता भएको हाम्रो पात्रोका सञ्चालक रुद्र पाण्डेले जानकारी दिएका छन्। 

काठमाडौं- डिजिटल क्यालेन्डरका रुपमा नेपालमा स्थापित भएर विस्तार भएको हाम्रो पात्रोले भारतीय बजारमा पनि प्रवेश गरेको छ। 

सन् २०१० मा आएको क्यालेन्डर एप्लिकेशन हाम्रो पात्रो अहिले एग्रिगेटरका रुपमा विस्तार भइरहेको छ। १ करोडभन्दा धेरै डाउनलोड भएको हाम्रो पात्रो अबदेखि भारतमा पनि दर्ता भएको छ। 

भारतीय बजारमा ज्योतिष, स्वास्थ्य तथा उपहार सेवा दिनेगरि दर्ता भएको हाम्रो पात्रोका सञ्चालक रुद्र पाण्डेले जानकारी दिएका छन्। 

हाम्रो पात्रो लिमिटेड इन्डियाका रुपमा कम्पनी दर्ता भएको र केही हप्ताभित्रै भारतमा सेवा सञ्चालन हुने पाण्डेले जानकारी दिएका छन्। नेपाली भाषामा विभिन्न सेवा थप गर्दै अहिले नेपालमा भुक्तानी सेवासमेत जोडिसकेको हाम्रो पात्रोले भारतमा पनि सीमित सेवाबाट सुरु गर्नेछ।

प्रकाशित : बिहीबार , असार २८ २०८००८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend