बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जरायो मारेर मासु भागबण्डा गरिरहेका चारजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार २७ २०८०
जरायो मारेर मासु भागबण्डा गरिरहेका चारजना पक्राउ

सुर्खेत- सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा चार जना पक्राउलाई प्रहरीले पक्राउ गरेको छ। नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।

बुधबार बिहान ३ बजे जरायो मारेर भाग लगाइरहेको गोप्य सूचनाका आधारमा घटनास्थलबाटै चार जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा वीरेन्द्रनगर-१० का ५२ वर्षीय डम्मरबहादुर थारु, उहाँका छोरा अन्दाजी २१ वर्षीया सुशील चौधरी, २८ वर्षीय आशाराम चौधरी र वीरेन्द्रनगर-११ का ४१ वर्षीय मीनबहादुर वली रहेको जील्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक  लक्ष्मण शाहीले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही हुने जिल्ला वन कर्यालय सुर्खेतले जनाएको छ। अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : बुधबार, असार २७ २०८०१३:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend