बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

२ करोड १० लाख मोबाइल बैंकिङ प्रयोगकर्ता, एकवर्षमै थपिए ३१ लाख २९ हजार

बिहीबार , असार २८ २०८०
२ करोड १० लाख मोबाइल बैंकिङ प्रयोगकर्ता, एकवर्षमै थपिए ३१ लाख २९ हजार

काठमाडौं- मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड १० लाख ९१ हजार ५९ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनामा मात्रै सवा तीन लाख प्रयोगकर्ता थपिएका छन्। गत बैशाखमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ७ लाख ६३ हजार ३४६ रहेको थियो। जेठमा यो संख्या बढेर २ करोड १० लाख ९१ हजार ५९ पुगेको छ।

अघिल्लो वर्ष जेठमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ७९ लाख ६१ हजार ६३ रहेको थियो। पछिल्लो एकवर्षमा नै मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३१ लाख २९ हजार ९९६ ले बढेको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि पछिल्लो १ वर्षमा करिब २ लाखले बढेको छ। गत वर्ष जेठसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १६ लाख ३२ हजार ६११ रहेकोमा यो वर्ष जेठसम्म बढेर १८ लाख ३० हजार ४२५ पुगेको छ।

बैशाखसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १८ लाख ३ हजार ६५ थियो। पछिल्लो १ महिनामा मात्र यो संख्या बढेर २७ हजार ३६० ले बढेको छ।

mobile 1.png


प्रकाशित : बिहीबार , असार २८ २०८००७:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend