बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सीताको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिने, सेनामुख र स्कर्टपति सहसेनानीको टुकुटीद्वारा सलामी दिइने

बुधबार, असार २७ २०८०
सीताको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिने, सेनामुख र स्कर्टपति सहसेनानीको टुकुटीद्वारा सलामी दिइने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिने भएको छ।

बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सीताको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

‘दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको २ सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकुटीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको छ,’ मन्त्री शर्माले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ।

थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो। दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन्।


प्रकाशित : बुधबार, असार २७ २०८००७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend