बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रभु बैंकले पशुपति क्षेत्र विकास कोषलाई दियो गाडी

बुधबार, असार २७ २०८०
प्रभु बैंकले पशुपति क्षेत्र विकास कोषलाई दियो गाडी

सोमबार पर्यटनमन्त्री सुदन किरातीलाई बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले गाडीको साँचो हस्तान्तरण गरेका हुन्।

काठमाडौं- प्रभु बैंकले पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी उपलब्ध गराएको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कोषलाई हाइड्रोलिक गाडी उपलब्ध गराएको हो।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले गाडीको साँचो हस्तान्तरण गरेका हुन्।

औपचारिक कार्यक्रमबीच गाडीको साँचो हस्तातरण गर्दै निर्देशक शेरचनले आगामी दिनमा पनि मन्त्रालय र पशुपति क्षेत्र विकास कोषबीच सहकार्य गरेर अगाडी बढ्ने बताए। १७ लाख मूल्यको गाडी फोहर उठाउनका लागि प्रयोग गरिने छ।


प्रकाशित : बुधबार, असार २७ २०८००६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend