बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआईसी एसिया बैंकद्वारा पाँच ग्राहकलाई दुर्घटना बीमाबापत ५० लाख हस्तान्तरण 

बुधबार, असार २७ २०८०
एनआईसी एसिया बैंकद्वारा पाँच ग्राहकलाई दुर्घटना बीमाबापत ५० लाख हस्तान्तरण 

उनीहरूले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेका हुन्।

काठमाडौं- एनआईसी एसिया बैंकले दुर्घटना बीमाबापत पाँच ग्राहकलाई ५० लाख रूपैयाँ हस्तान्तरण गरेको छ।

दुर्घटनामा परी ज्यान गुमाएका बैंकको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गतका पाँच ग्राहकका परिवारलाई प्रतिव्यक्ति १० लाखका दरले बैंकले ५० लाख रूपैयाँ हस्तान्तरण गरेको हो। 

बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकहरूको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बीमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए।

दुर्घटना बीमाबापतको बीमा लाभ प्राप्त गर्ने ग्राहकहरूमा चितवनस्थित बसेनी शाखामा खाता खोलेका मृतक देवेन्द्र प्रसाद बछाडको भाइ राजन प्रसाद बछाड, रुपन्देहीस्थित ड्राइभर टोल शाखामा खाता खोलेका मृतक सम्राट खनालको बुबा लक्ष्मण खनाल, बर्दियास्थित भुरीगाउँ शाखामा खाता खोलेका मृतक आशिष थारुको बुबा दुल्लु राम थारु रहेका छन्।

यस्तै सुनसरीस्थित झुम्का शाखामा खाता खोल्नु भएका मृतक चन्द्रराज दाहालकी श्रीमती लछीमा देवी घिमिरे दाहाल र स्याङजास्थित कृषि शाखामा खाता खोलेका मृतक कृष्ण प्रसाद भण्डारीकी श्रीमती टंकी देवी भण्डारीले पनि बीमाबापतको रकम प्राप्त गरेकी छिन्। उनीहरूले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेका हुन्।

नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेका अनुसार यस बैंकको बीमासहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ३ हजार १ सय १६ जना ग्राहकहरूलाई ९ करोड ४० लाख रूपैयाँभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ। जसमध्ये घातक रोग बीमाबापत २८ जनाले ३ करोड, दुर्घटना बीमाबापत १७ जनाले १ करोड ७० लाख र मेडिकल बीमाबापत ३ हजार ७१ जनाले ४ करोड ७० लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन्।


प्रकाशित : बुधबार, असार २७ २०८००५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend