शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य १३ प्रतिशतले बढ्यो, सबैभन्दा बढी मसलाजन्य वस्तुमा

images
सोमबार, असार २५ २०८०
images
images
खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य १३ प्रतिशतले बढ्यो, सबैभन्दा बढी मसलाजन्य वस्तुमा

नेपाल राष्ट्र बैंकले सार्वजिनक गरेको ११ महिनाको तथ्यांक अनुसार खाद्य तथा खाद्यजन्य पदार्थको  मूल्य १३.०६ प्रतिशतले बढेको छ। सम्रगमा गत आर्थिक वर्ष २०७८/०७९ को जेठको तुलनामा चालु आर्थिक वर्ष २०७९/०८० मा भने मूल्य वृद्धिदर घटेको छ। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्यांकअनुसार खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य १३.०६ प्रतिशतले बढेको छ। सम्रगमा गत आर्थिक वर्ष २०७८/०७९ को जेठको तुलनामा चालु आर्थिक वर्ष २०७९/०८० मा भने मूल्य वृद्धिदर घटेको छ।

images
images
images

२०८० जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६६ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ।

images
images

२०८० बैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको  थियो। २०८० को जेठ महिनामा आएपुग्दा  खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ३५.२९ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.३६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.०६ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.९८ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १६.६० प्रतिशतले घटेको छ।

images
images
images

राष्ट्र बैंकले सार्वजिनक गरेको तथ्यांक अनुसार गैर-खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.७५ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.३३ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.४१ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ७.८३ प्रतिशतले बढेको छ। यसैगरी समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ६.९३ प्रतिशत, पहाडमा ६.२८ प्रतिशत र हिमालमा ६.३९ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७९ जेठ महिनामा यी क्षेत्रहरुमा क्रमशः ८.३२ प्रतिशत, ८.२९ प्रतिशत, ९.२८ प्रतिशत र ८.९२ प्रतिशत मुद्रास्फीति रहेको थियो।

साथै २०८० जेठ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.१० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १४.७७ प्रतिशत रहेको थियो। समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १.०३ प्रतिशत, ४.०९ प्रतिशत र ४.१५ प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १.०४ प्रतिशत रहेको छ।


प्रकाशित : सोमबार, असार २५ २०८००६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend