शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

काठमाडौंका मुख्य सहरी क्षेत्रका साँघुरा गल्लीमा ब्लक

images
सोमबार, असार २५ २०८०
images
images
काठमाडौंका मुख्य सहरी क्षेत्रका साँघुरा गल्लीमा ब्लक

महानगरपालिका-२५ ले ढुंगाका कारण समस्या भएको गुनासो आएपछि ब्लक राख्न थालेको हो।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाका मुख्य सहरी क्षेत्रका साँघुरा गल्लीमा दुई दशकअघि बिच्छ्याइएका ढुंगा उप्किएर समस्या भएपछि ब्लक छाप्न थालिएको छ। 
 
महानगरपालिका-२५ ले ढुंगाका कारण समस्या भएको गुनासो आएपछि ब्लक राख्न थालेको हो। चालु आर्थिक वर्षमा नमुनाका रुपमा छ हजार पाँच सय वर्ग फिट क्षेत्रमा ब्लक लगाइएको वडा नं २५ का अध्यक्ष राजेश डंगोलले जानकारी दिए। ब्लक छाप्ने क्रममा पुरानो ड्रेन भरिएको भनी गुनासो आएपछि ढलका लागि पाइप राखिएको पनि उनले बताए।

images
images
images

ढुंगाले गर्मीमा पोल्ने र जाडोमा चिसो हुने गरेकाले वातावरण मैत्री ब्लक छापिएको वडा कार्यालयले जनाएको छ। ढुंगा फुटेर समस्या हुने गरेकामा एसियन ब्लक कम्पनीले पाँच वर्षसम्म ब्लक फुटेमा आफै फेरिदिने सम्झौता गरिएकाले सहज भएको वडा सदस्य कृष्ण प्रजापतिले बताए।

images
images

पहिले राखिएको ढुंगा निकालेर वडाले सुरक्षित राखेको छ। ढुंगाकै माग गर्ने टोलमा भने यही छाप्ने योजना पनि वडा कार्यालयले बनाएको छ। बैगुनधुरा निर्माण सेवाका सुपरभाइजर उत्तम श्रेष्ठ ढुंगा बिच्छ्याउँदा बेला बेलामा मर्मत गर्नुपर्नेमा ब्लक राखेपछि त्यसो गर्नु नपर्ने बताउँछन्। ढुंगा फुटेर जनप्रतिनिधिलाई हुने समस्या पनि ब्लक छापेपछि समाधान हुने उनले सुनाए। रासस

images
images
images


प्रकाशित : सोमबार, असार २५ २०८००६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend