शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी 

images
सोमबार, असार २५ २०८०
images
images
वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी 

वन्यजन्तुलाई पानी खान, आहाल खेल्न र प्रकृतिको रिचार्जका लागि पोखरी निर्माण गरिएको उनले बताए। 

images
images

भरतपुर- वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९/८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो। 

images
images
images

कालिका नगरपालिका-१ को चर्तुमुखी सामुदायिक वन, इच्छाकामना गाउँपालिका-७ को कालिका पिपलटार सामुदायिक वन र कालीखोला देउराली सामुदायिक वन, रत्ननगर नगरपालिका-११ को पञ्चकन्या सामुदायिक वनमा नयाँ पोखरी निर्माण गरिएको हो। पञ्चकन्या सामुदायिक वनमा दुईवटा पोखरी निर्माण गरिएको छ भने अन्य वनमा एउटा-एउटा पोखरी निर्माण गरिएको छ।

images
images

केही ठाउँमा पानीको प्राकृतिक स्रोतबाट र केही ठाउँमा सोलार बोरिङको माध्यमबाट पोखरी निर्माण गरिएको सहायक वन अधिकृत बालकृष्ण खनालले जानकारी दिए। वन्यजन्तुलाई पानी खान, आहाल खेल्न र प्रकृतिको रिचार्जका लागि पोखरी निर्माण गरिएको उनले बताए। 

images
images
images

भरतपुर महानगरपालिका-२९ को वागेश्वरी सामुदायिक वनमा पनि नयाँ पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालयले क्यामेरा ट्रयापिङमा दुइवटा पाटेबाट देखेपछि सो क्षेत्रमा पोखरी निर्माण गरिएको वन अधिकृत खनालले बताए। यहाँ सोलार बोरिङसहितको पोखरी निर्माण गरिएको छ।

वन कार्यालयले नयाँ पोखरी निर्माणसँगै पुराना पोखरीमा पानीको स्रोत व्यवस्थापन र संरक्षणका काम पनि गरेको अधिकृत खनालले जानकारी दिए। उनका अनुसार इच्छाकामना गाउँपालिका-७ को सोमरी सामुदायिक वन, राप्ती-७ को बागदेवी सामुदायिक वन, राप्ती-१० को सत्यदेवी सामुदायिक वन, कालिका नगरपालिका-८ को देवीढुङ्गा सामुदायिक वन, कालिका-८ कै मंगलादेवी सामुदायिक वन, भरतपुर-१६ को सिद्धीगणेश सामुदायिक वन, कालिका-५ को भीमवली सामुदायिक वन र कालिका-२ को थाङ्खोला सामुदायिक वनमा पुराना पोखरीको व्यवस्थापन गरिएको छ।  

पोखरी निर्माणका लागि डिभिजन वन कार्यालयले ३१ लाख रुपैयाँ खर्च गरेको छ। यो आर्थिक वर्षमा पनि पोखरी निर्माण र व्यवस्थापनको कामलाई निरन्तरता दिने वन अधिकृत खनालको भनाइ छ। नयाँ सिमसार क्षेत्रको खोजी गर्ने र पुराना सिमसारलाई संरक्षण गर्दै जाने योजना वन कार्यालयको रहेको उनले बताए। 

डिभिजन वन कार्यालयअन्तर्गत चितवनमा ९३  सामुदायिक वन रहेका छन्। यी वनमा साना ठूला वन्यजन्तु छन्। बाघ, गैँडा, चित्तल, बँदेल, स्याललगायतका जनावर यहाँका सामुदायिक वनमा पाइन्छन्। चर्तुमुखी सामुदायिक वनका अध्यक्ष हरि गुरुङ सुक्खा याममा वनमा पानीको अभाव हुने हुँदा पोखरी निर्माणपछि वन्यजन्तुका लागि धेरै सहज भएको बताउँछन्।

चर्तुमुखी वनमा तीन पोखरी निर्माण गरिएको छ। दुई  प्राकृतिक स्रोतबाट पानी ल्याइएको छ भने एउटा पोखरीमा सोलारसहितको बोरिङ खनिएको छ। उनले पोखरी संरक्षणका लागि सामुदायिक वनले आन्तरिक स्रोतबाट पनि बजेट विनियोजन गरेर काम गर्ने गरेको बताए। रासस


प्रकाशित : सोमबार, असार २५ २०८००४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend