शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

गोरखाका पाँच स्थानीय तहद्वारा बजेट स्वीकृत

images
सोमबार, असार २५ २०८०
images
images
गोरखाका पाँच स्थानीय तहद्वारा बजेट स्वीकृत

जिल्लाको ११ स्थानीय तहमध्ये छ स्थानीय तहरुको बजेट भने स्वीकृत गर्न बाँकी रहेको छ। गोरखा र पालुङटार नगरपालिका, आरुघाट, चुमनुब्री, धार्चे र गण्डकी गाउँपालिकाको बजेट पारित हुन बाँकी रहेको हो।

images
images

गोरखा- गोरखा जिल्लाभित्रका पाँच  स्थानीयको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट स्वीकृत भएको छ। जिल्लाको बारपाक सुलिकोट, अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आवको बजेट पारित भएको हो।

images
images
images

बारपाक सुलिकोटले आगामी आव २०८०/०८१ का लागि कुल ६० करोड ३९ लाख ६९ हजार रुपैयाँ बराबरको बजेट गाउँसभाबाट स्वीकृत गरिसकेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए। 

images
images

त्यस्तै सहिद लखनले ६३ करोड २० लाख १० हजार रुपैयाँ बराबरको बजेट गाउँसभाबाट स्वीकृत गरेको छ भने सिरानचोकले असार ७९ करोड ८४ लाख ५५ हजार ६ सय रुपैयाँ बराबरको बजेट घोषणा गरी पारित गरेको गाउँपालिकाले जनाएको छ। जिल्लाको अजिरकोटले आगामी आवका लागि ४९ करोड ३४ लाख ९३ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए। भीमसेन थापाले ५५ करोड ८४ लाख ३० हजार चार सय रुपैयाँको बजेट ल्याएको छ।

images
images
images

सो गाउँपालिकाले यही असार १० गते नीति तथा कार्यक्रम र बजेट एकैदिन गाउँसभाबाट स्वीकृत गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बङ्जरा (अक्कल) ले जानकारी दिए। पाँचवटै स्थानीय तहहरुले असार १० गतेभित्रै आगामी आवको बजेट नीति तथा कार्यक्रम पारित गरेका हुन्।

जिल्लाको ११ स्थानीय तहमध्ये छ स्थानीय तहरुको बजेट भने स्वीकृत गर्न बाँकी रहेको छ। गोरखा र पालुङटार नगरपालिका, आरुघाट, चुमनुब्री, धार्चे र गण्डकी गाउँपालिकाको बजेट पारित हुन बाँकी रहेको हो।

गोरखाले आवका लागि कुल एक अर्ब ३२ लाख ६५ हजार रुपैयाँको बजेट नगरसभामा पेश गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए। त्यस्तै पालुङटार नगरपालिकाले ८३ करोड ८७ लाख २५ हजार, आरुघाटले ५८ करोड १६ लाख १७ हजार सात सय रुपैयाँको बजेट गाउँसभामा पेश गरेको छ।

उत्तरी गोरखाको चुमनुब्रीले पनि आगामी आवको बजेट स्वीकृत हुन बाँकी रहेको जनाएको छ। आजदेखि सुरु हुने गाउँसभाले आगामी आवको बजेट पारित गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए।

धार्चेले ४८ करोड ९१ हजार पाँच सय रुपैयाँ बराबरको बजेट ल्याएको छ भने गण्डकी गाउँपालिकाले ६१ करोड ७२ लाख रुपैयाँको बजेट गाउँसभामा पेश गरेको छ। गाउँसभाबाट बजेट पारित हुन बाँकी रहेका सबै स्थानीय तहहरुले असारभित्रै बजेट स्वीकृत भइसक्ने जनाएका छन्। रासस


प्रकाशित : सोमबार, असार २५ २०८००४:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend