शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

असारे विकास : एउटै असफल योजनामा पटकपटक लगानी

images
आइतबार, असार २४ २०८०
images
images
असारे विकास : एउटै असफल योजनामा पटकपटक लगानी

बाँध बनाएको दश दिन पनि नपुग्दै बाँध टुटेको छ। बाँध निर्माण पछि हौसिएर भर्खर रोपाइँ गरेका किसानको सयौँ बिगाहा खेत फेरि डुबानमा परेको छ। खेतमा धानको सट्टा तुरिया खोलाले बगाएर ल्याएको गेग्रान थुप्रिएको छ। 

images
images

भैरहवा- दिर्घकालीन योजनाबिना बजेट रकम सकाउनकै लागि एउटै योजनामा पटक पटक लगानी गरि गुणस्तरहीन काम गरिएको भेटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिकाले बाँध नियन्त्रणको नाममा बर्सेनि गरेको लगानी बालुवामा पानी बराबर हुने गरेको छ।

images
images
images

रोहिणी गाउँपालिका वडा नम्बर ५ तुरिया खोलामा रोहिणी गाउँपालिकाले यस वर्ष पनि गरेको ३० लाखको लगानी खेर गएको छ। बाँध बनाएको दश दिन पनि नपुग्दै बाँध टुटेको छ। बाँध निर्माणपछि हौसिएर भर्खर रोपाइँ गरेका किसानको सयौँ बिगाहा खेत फेरि डुबानमा परेको छ। खेतमा धानको सट्टा तुरिया खोलाले बगाएर ल्याएको गेग्रान थुप्रिएको छ। 

images
images

असारमा हतार हतार बाँध बनाइयो। बाँध बनाउदा धेरै प्राविधिक कुराको ख्याल नगरि बजेट खर्च गर्नको लागि मात्रै काम गरियो। त्यसको नतिजा पहिलो बाढीमै तुरिया खोला तटबन्ध छेउछाउ फोड्दै किसानको खेतमा पस्यो। यसले त्यस क्षेत्रको करिब ३ सय बिगहा धानबालीलाई नोक्सान गरेको किसानहरुको गुनासो छ।

images
images
images

पटक पटक बाढीको वितण्डा भोगेका किसानहरुलाई तटबन्ध भएपछि केही आशा पलाउँछ। गेग्रानले पुरिएको खेतलाई सफा गरि धान रोप्छन्। तर रोपेको खुशी मनाउन नपाउँदै उनीहरुको खेतमा फेरि सोही गेग्रान थुप्रिने गरेको छ।

रोहिणी गाउँपालिकाले प्रभावित कृषकहरुबारे भने अहिलेसम्म कुनै योजना बनाएको छैन। एकवर्ष अघिदेखि नै बाढीजन्य विपद् व्यवस्थापनको तयारी गरिरहेको विपद् व्यवस्थापन समिति पनि अहिलेसम्म घटनास्थलमा पुग्न सकेको छैन। यसले स्थानीय सरकार र विपद् व्यवस्थापन समिति किसानहरुको समस्यामा कत्तिको अनुदार छ भन्ने पनि स्पष्ट बनाएको छ। रासस


प्रकाशित : आइतबार, असार २४ २०८०१२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend