काठमाडौं- ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत प्रक्राउ परेका छन्।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गराउने काममा उनको पनि भूमिका देखिएपछि आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले राउतलाई पक्राउ गरेको हो।
शाखा अधिकृतबाट सिधै सहसचिव बनेका राउत सचिवमा बढुवापछि मधेस प्रदेश गएका थिए।
तत्कालीन सञ्चार सचिव बैकुण्ठ अर्यालको सरुवापछि राउत सञ्चार सचिव बनेका थिए।