शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ

images
आइतबार, असार २४ २०८०
images
images
ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ

समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याल पक्राउ परेका हुन्।

images
images

काठमाडौं- ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। 

images
images
images

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार उक्त प्रकरणमा समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याललाई पक्राउ गरेको हो।ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गराउने कार्यमा उनीहरुको पनि भूमिका देखिएपछि पक्राउ गरिएको हो।

images
images

यस प्रकरणमा प्रहरीले यसअघि नै ९ जनालाई पक्राउ गरिसकेको छ। पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन सरकारी कर्मचारी धर्मप्रसाद गौतम, गोपाल कार्की, वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की, मोही बाबुराम महर्जन, तत्कालीन नायब सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ परेका हुन्।

images
images
images

पक्राउ परेकाहरुमाथि कीर्तेसँगै संगठित अपराधको कसुरमा समेत प्रहरीले अनुसन्धान गर्ने अनुमति पाएको छ।

यस प्रकरणमा डेढ वर्षअघि नै सीआईबीले अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले अनुसन्धान पूर्ण नभएको र थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेको थियो। २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चारपटक सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको सीआईबीको अनुसन्धानले देखाएको थियो।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा एक भूतपूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १ सय ७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन अवस्थामा नै छ। बालुवाटारस्थित बहुमूल्य जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।


प्रकाशित : आइतबार, असार २४ २०८०११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend