शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

सुदूरपश्चिमका ६ जिल्लामा विद्युत् सेवा अवरुद्ध

images
आइतबार, असार २४ २०८०
images
images
सुदूरपश्चिमका ६ जिल्लामा विद्युत् सेवा अवरुद्ध

डोटीको रुवसकाँडामा मुख्य टावरको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको हो। अहिले मर्मत भइरहेको जनाइएको छ।

images
images

डडेल्धुरा- डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ।

images
images
images

दार्चुलाबाहेक सुदूरपश्चिमका ६ जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको हो। नेपाल विद्युत् प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका प्रमुख रमेश अवस्थीका अनुसार डोटीको रुवसकाँडामा मुख्य टावरको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको छ।

images
images

अत्तरियादेखि स्याउले सबस्टेसन जोड्ने ट्रान्समिसन लाइनको रुवसकाँडास्थित टावरको एउटा तार टुटेको विद्युत् प्राधिकरणले जनाएको छ। मर्मतका लागि डडेल्धुरा र अत्तरियाबाट प्राधिकरण सहितको टोली रुवसकाँडातर्फ गएको जनाइएको छ। रासस

images
images
images


प्रकाशित : आइतबार, असार २४ २०८०१०:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend