शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

दूधको अनुदान कटौती गरेपछि किसानको विरोध

images
आइतबार, असार २४ २०८०
images
images
दूधको अनुदान कटौती गरेपछि किसानको विरोध

प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रममा चितवनको भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकालाई अनुदान दिँदा दोहोरो सुविधा हुने भन्दै अनुदान दिन रोकिएको छ।

images
images

भरतपुर- चितवनका दुग्ध किसानले प्रदेश सरकारबाट पाउँदै गरेको अनुदानलाई निरन्तरता दिन माग गरेका छन्। 

images
images
images

बागमती प्रदेश सरकारले किसानलाई दूधमा उपलब्ध गराउँदै आएको अनुदान रकम चितवनका तीन स्थानीय तहमा रोक्ने निर्णय गरिएपछि किसानले तत्काल अनुदान रकम उपलब्ध गराउन माग गरेका हुन्। भरतपुरमा पत्रकार सम्मेलन गरी तत्काल अनुदान रकम उपलब्ध नगराइए कडा आन्दोलन गर्ने चेतावनी किसानले दिएका छन्।

images
images

प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रममा चितवनको भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकालाई अनुदान दिँदा दोहोरो सुविधा हुने भन्दै अनुदान दिन रोकिएको छ। चितवनको भरतपुर महानगरपालिकाले उत्पादनका आधारमा दूधमा प्रतिलिटर तीन रूपैयाँ अनुदान दिँदै आएको छ। माडी नगरपालिकाले चार रूपैयाँ र राप्ती नगरपालिकाले ५० पैसा दिँदै आएको छ। सोही कारण देखाउँदै प्रदेश सरकारले तीन स्थानीय तहका किसानलाई दोहोरो अनुदान नदिने भन्दै रोक लगाएपछि किसान असन्तुष्ट बनेका हुन्।

images
images
images

जिल्ला दूध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले किसानलाई अनुदान उपलब्ध नगराइएको भन्दै आज प्रदेशको कृषि मन्त्रालय घेराउ गर्ने कार्यक्रम रहेको जानकारी दिए। उनले किसानका समस्याप्रति सरकार उदासिन बनेका कारण सधैँ मारमा पर्ने गरेको बताए। उनले भने, 'लम्पी स्कीनबाट गाई ढलेका ढल्यै छन्, दूधको उत्पादन घटेको छ, यही समयमा बीमा कम्पनीले बीमा गरेको छैन, डेरीले दूध उठाएको छैन।'

किसानको खातामा पैसा आउने बेला सरकारको निर्णयले पीडामाथि पीडा थपेको बगालेले गुनासो गरे। रासस


प्रकाशित : आइतबार, असार २४ २०८००८:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend