शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

भगवती हाइड्रोपावरको आईपीओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन?

images
आइतबार, असार २४ २०८०
images
images
भगवती हाइड्रोपावरको आईपीओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन?

उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

images
images

काठमाडौं- भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ।

images
images
images

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियम मूल्यमा आइतबारदेखि आईपीओ बिक्री खुला गरेको हो।

images
images

कम्पनीका अनुसार जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रूपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ७२ लाख ६ हजार ५०० रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरमा प्रिमियम रकम १६ रूपैयाँ थप गरी प्रतिकित्ता ११६ रूपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिएको छ।

images
images
images

उक्त सेयरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १३, १४, २६ र २७ (साविकको पोखरा उप महानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७) का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

यस्तै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८५ लाख ८१ हजार १०० रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यमा १६ रूपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रूपैयाँका दरले ८५ हजार ८१० कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको छ।

उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। साउन ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार उक्त अवधिमा सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले भने साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन्।


प्रकाशित : आइतबार, असार २४ २०८००५:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend