शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

बागमती प्रदेशद्वारा दुग्ध किसानलाई अनुदान

images
आइतबार, असार २४ २०८०
images
images
बागमती प्रदेशद्वारा दुग्ध किसानलाई अनुदान

प्रदेशले आव २०७५/७६ मा कार्यविधि बनाएर दुग्ध उत्पादक किसानलाई अनुदान दिन सुरु गरेको हो।

images
images

चितवन- बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा दुग्ध किसानलाई ३० करोड रूपैयाँ अनुदान दिएको छ।

images
images
images

प्रदेशभित्रका दुई सय २२ सहकारीमार्फत किसानलाई प्रतिलिटर ३ रूपैयाँ ५३ पैसाका दरले अनुदान दिएको हो। मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार गत आर्थिक वर्षमा १६ करोड रूपैयाँ मात्रै प्रतिलिटर एक रूपैयाँ ६३ पैसाका दरले वितरण गरिएको थियो। प्रदेशले आव २०७५/७६ मा कार्यविधि बनाएर दुग्ध उत्पादक किसानलाई अनुदान दिन सुरु गरेको हो। कार्यविधिमा दोहोरो नपर्ने गरी अनुदान दिन सकिने व्यवस्था रहेको छ।

images
images

यसै कारण स्थानीय पालिकाले अनुदान दिएका चितवनका तीन पालिकाका किसानलाई अनुदान दिन नसकिएको उनले जानकारी दिए। भरतपुर, राप्ती र माडी नगरपालिकाका ७० वटा सहकारीका किसानलाई अनुदान दिन नसकिएको उनले बताए। उनले भने, 'चाहेर नभएर कार्यविधिले रोकेर दोहोरो अनुदान दिन सकिएन।' कार्यविधिमा त्यो व्यवस्था नभएको भए अनुदान दिन सकिने उनको भनाइ छ।

images
images
images

भरतपुर महानगरपालिकाले प्रतिलिटर तीन, माडी नगरपालिकाले चार र राप्ती नगरपालिकाले ५० पैसा अनुदान दिँदै आएका छन्। अनुदान रकम दोहोरो परेर रोकिएपछि किसान भने आन्दोलित भएका छन्।

अनुदानका लागि किसानलाई बैंक खातासमेत खोल्न लगाएर अन्तिम समयमा अनुदान रोकेको किसानको गुनासो छ। उनीहरूले कार्यविधि सच्याएर भए पनि अनुदान दिनुपर्ने माग गरेका छन्। रासस


प्रकाशित : आइतबार, असार २४ २०८००५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend