शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

२३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सोधियो ७ दिने स्पष्टीकरण

images
आइतबार, असार २४ २०८०
images
images
२३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सोधियो ७ दिने स्पष्टीकरण

उक्त समयमा ती कम्पनीहरुले लिखित स्पष्टीकरण पेश नगरेकाले आइतबार पुनः ७ दिने अर्को सूचना जारी गरेको हो। 

images
images

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा किन नराख्ने भनेर स्पष्टीकरण सोधेको छ।

images
images
images

कार्यालयले विभिन्न निकायबाट समयमा काम नगर्ने निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न सिफारिस गरेको हो। 

images
images

समयका काम नगर्ने निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्न ठेक्का लगाउने निकायले सिफारिस गर्ने पर्छ। सोही सिफारिसका आधारमा कार्यालयले अन्तिम मौका स्वरुप स्पष्टीकरण सोधेर चित्तबुझ्दो जवाफ नआएपछि कालोसूचीमा राख्ने गरेको छ। 

images
images
images

सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई ३० दिन भित्र स्पष्टीकरण पेश गर्न भनेको थियो। उक्त समयमा ती कम्पनीहरुले लिखित स्पष्टीकरण पेश नगरेकाले आइतबार पुनः ७ दिने अर्को सूचना जारी गरेको हो। 

७ दिनभित्र सूचनाअनुसार लिखित स्पष्टीकरण पेश नगरे कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम ४क अनुसार कारबाही हुने जनाएको छ।  

spastikaran.PNG


प्रकाशित : आइतबार, असार २४ २०८००४:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend