शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

असार सकिन लाग्दा कर्णालीमा ६० प्रतिशतमात्र रोपाइँ

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २४ २०८०
असार सकिन लाग्दा कर्णालीमा ६० प्रतिशतमात्र रोपाइँ

जाजरकोटमा ७५ प्रतिशत रोपाइँ हुँदा जुम्लामा भने ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। सुर्खेतमा ५५ दशमलव पाँच प्रतिशत रोपाइँ भएको छ।

कर्णाली- कर्णालीमा असार सकिन लाग्दा करिव ६० प्रतिशत धान रोपाइँ भएको छ।  कर्णाली प्रदेश कृषि विकास निर्देशनालयका अनुसार डोल्पामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए। उनका अनुसार हुम्लामा ८४ दशमलव ०३ प्रतिशत, मुगुमा ६० प्रतिशत, सल्यानमा ७० प्रतिशत, रुकुमपश्चिममा ६० प्रतिशत रोपाइँ भएको छ।

दैलेखमा भने अहिलेसम्म आधा रोपाइँ पनि हुनसकेको छैन। निर्देशक रोकायका अनुसार दैलेखमा अहिलेसम्म ४५ प्रतिशतमात्रै रोपाइँ भएको हो।

यसैगरी जाजरकोटमा ७५ प्रतिशत रोपाइँ हुँदा जुम्लामा भने ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। सुर्खेतमा ५५ दशमलव पाँच प्रतिशत रोपाइँ भएको छ। कर्णालीमा ४८ हजार एक सय ३३ हेक्टर जमिनमा धानखेती गरिँदै आएको छ भने सल्यान र सुर्खेतमात्रै धानमा आत्मनिर्भर रहेको रोकायले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, असार २४ २०८००४:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend