शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

नाका सिल भएपछि पशुपतिनगर बजार सुनसान

images
शनिबार, असार २३ २०८०
images
images
नाका सिल भएपछि पशुपतिनगर बजार सुनसान

बिहीबार साँझ ५ बजे सिल गरिएपछि शुक्रबार र शनिबार बजार सुनसान भएको हो।

images
images

फिक्कल- इलामको पशुपतिनगर नाका सिल भएपछि बजार सुनसान भएको छ। भारतको पश्चिम बंगालस्थित दार्जिलिङ जिल्लामा हुन लागेको पञ्चायत जनरल निर्वाचनका लागि नेपाल-भारतबीच पर्ने इलामको पशुपतिनगर नाका तीन दिनका लागि सिल गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।

images
images
images

बिहीबार साँझ ५ बजे सिल गरिएपछि शुक्रबार र शनिबार बजार सुनसान भएको हो। 'भारत, बंगलादेश, भुटानलगायत पर्यटक आउने नाका सिल भएपछि दुई दिनदेखि व्यापार ठप्प भएको छ', व्यापारी रोहित श्रेष्ठले भने, 'यहाँको बजार बाह्य पर्यटकमा निर्भर छ।'

images
images

व्यवसायी रामसिंह यादव भन्छन्, 'कोरोना कहरदेखि यता चहलपहल निक्कै बढेको थियो। हिजो र आज लकडाउनकै सम्झना आयो।' दार्जिलिङमा आज उक्त निर्वाचन हुँदैछ।

images
images
images

आज बेलुकी ५ बजेपछि मात्र नाका खुल्ला हुने इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए। दार्जिलिङ र मिरिकबाट नेपाल प्रवेश र नेपालबाट भारत प्रवेश गर्ने सूर्योदय नगरपालिकाको पशुपतिनगर इलामको पूर्वी नाका हो। रासस


प्रकाशित : शनिबार, असार २३ २०८०१२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend