सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

पहिरोले मुहान बगाउँदा विद्युत् अवरुद्ध

images
शनिबार, असार २३ २०८०
images
images
पहिरोले मुहान बगाउँदा विद्युत् अवरुद्ध

विद्युत् तत्काल सञ्चालनमा ल्याउनका लागि काम भइरहेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले बताए।

images
images

ढोरपाटन- अविरल वर्षाका कारण आएको पहिरोले विद्युत् मुहानसँगै नहर बगाउँदा ढोरपाटनका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन्। शुक्रबार गएको पहिरोले मुहानसहित नहर बगाउँदा ढोरपाटन नगरपालिका-७ का स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन्।

images
images
images

पहिरोले मुहानसहित करिब ३० मिटर नहर बगाएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले जानकारी दिए। विद्युत् अवरुद्ध हुँदा तीन सय घरधुरीका करिब एक हजार पाँच सय नागरिक विद्युत् सेवाबाट वञ्चित भएका उनको भनाइ छ।

images
images

विद्युत् तत्काल सञ्चालनमा ल्याउनका लागि काम भइरहेको उपप्रमुख कायतले बताए। स्थानीयद्वारा जनश्रमदान भइरहेकाले केही समयमै विद्युत् सञ्चालन हुने उनले बताए।

images
images
images

'अहिले तत्काल पक्की पर्खाल लगाएर विद्युत् सञ्चालन गर्ने अवस्था छैन, जनश्रमदान गरी बर्खाभरिका लागि सञ्चालन गर्ने तयारी गरिरहेका छौँ,' उपप्रमुख कायतले भने, 'बर्खा रोकियो भने पक्की मुहान र नहर बनाएर विद्युत् सञ्चालन व्यवस्थित गर्नेछौँ।' बर्खाको समयमा पटक-पटक बाढीपहिरोले दुःख दिँदै आएको उनको भनाइ थियो। रासस


प्रकाशित : शनिबार, असार २३ २०८००७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend