शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

बैतडीमा ९० प्रतिशत रोपाइँ सम्पन्न

शनिबार, असार २३ २०८०
बैतडीमा ९० प्रतिशत रोपाइँ सम्पन्न

जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ। वर्षा भएपछि रोपाइँ गर्न सहज भएको बैतडीका किसान बताउँछन्।

बैतडी- बैतडीमा रोपाइँ गर्ने कार्य अन्तिमतिर पुगेको छ। असार पहिलो हप्तासम्म वर्षा नहुँदा रोपाइँ हुन नसकेकोमा त्यसपछि धमाधम रोपाइँ भएको हो।

कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीका अनुसार यहाँ हालसम्म ९० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ। सिँचाइको सुविधा भएको ठाउँमा वर्षाअघि रोपाइँ सम्पन्न भएको भए पनि र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा वर्षापछि हाल रोपाइँ भइरहेको छ। उनले भने, 'वर्षमा तीन खेती गर्ने बेँसीतिर रोपाइँ गर्न बाँकी रहेको र केही अन्य स्थानमा पछि बाँकी रहेको छ। यो महिनाको अन्तिमसम्म सबै सकिन्छ।'

जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ। वर्षा भएपछि रोपाइँ गर्न सहज भएको बैतडीको दोगडाकेदार ३ श्रीकोटका किसान वीरसिंह विष्टले बताए। उनले भने, 'सबै रोपाइँमा व्यस्त छौँ। वर्षा नहुँदा यसअघि रोपाइँ गर्न सकिएको थिएन, हाल रोपाइँको चटारो परेको छ।'

पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालाई धानखेतीको पकेट क्षेत्र हुन्।  बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। रासस


प्रकाशित : शनिबार, असार २३ २०८००५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend