सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

ललिता निवास प्रकरण : चार पूर्वसचिवसहित ४ सयभन्दा बढी व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २२ २०८०
images
images
ललिता निवास प्रकरण : चार पूर्वसचिवसहित ४ सयभन्दा बढी व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वसहसचिव सुधीर साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात भने फरार छन्।

images
images

काठमाडौं- बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चारजना पूर्वसचिवसहित ४ सयभन्दा बढी व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जसमा केही पक्राउ परिसकेका छन् भने केही फरार छन्।

images
images
images

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिएका छन्।

images
images

प्रवक्ता कडायतका अनुसार पूर्वसहसचिव सुधीर साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात भने फरार छन्।

images
images
images

ललिता निवास प्रकरणमा चारजना पूर्वसचिवविरुद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको हो। ललिता निवासको १ सय १४ रोपनी जग्गा व्यक्तिको नाममा कीर्ते गरेर किनबेच गर्नेमाथि प्रहरीले फेरि अनुसन्धान सुरु गरेको हो।


प्रकाशित : शुक्रबार, असार २२ २०८००६:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend