सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

अर्थतन्त्र उकास्न खुकुलो मौद्रिक नीति चाहिन्छ : अध्यक्ष ढकाल 

images
बिहीबार , असार २१ २०८०
images
images
अर्थतन्त्र उकास्न खुकुलो मौद्रिक नीति चाहिन्छ : अध्यक्ष ढकाल 

शिथिल अर्थतन्त्र उकास्न खुकुलो मौद्रिक नीति आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शिथिल भएको अर्थतन्त्रलाई उकास्नका लागि खुकुलो मौद्रिक नीति आउनुपर्ने बताएका छन्।

images
images
images

निजी क्षेत्रका तीनवटै मुख्य प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमाथि सुझाव दिनका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्तिका लागि पनि खुकुलो नीति आवश्यक रहेको बताए।

images
images

ब्याजदर घटाएर ऋण प्रवाह बढ्न सक्ने उपायाबारे पनि आफूहरूले लिखित सुझाव राष्ट्र बैंकलाई बुझाएको उनले बताए।

images
images
images

चालु पुँजी कर्जा निर्देशिकाको सन्दर्भमा विगतमा सबैबाट गल्ती भएपनि अहिलेको असहज अवस्थामामा सोच्नपर्ने उनले बताए।

आजको कार्यक्रमबाट निजी क्षेत्रको एउटै स्वर देखिएको र भविष्यमा पनि निरन्तरता पाउने उनको भनाइ छ।


प्रकाशित : बिहीबार , असार २१ २०८०११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend