मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

केरुंगा घोलको सिमांकनको काम सुरु, सौन्दर्यकरण गरी पर्यटकीय मार्ग बनाइने

images
बिहीबार , असार २१ २०८०
images
images
केरुंगा घोलको सिमांकनको काम सुरु, सौन्दर्यकरण गरी पर्यटकीय मार्ग बनाइने

घोल संरक्षण र व्यवस्थित गर्न आगामी आर्थिक वर्षमा काम गर्ने गरी सघन सहरी तथा भवन निर्माण आयोजनाले १८ करोड रूपैयाँ विनियोजन गरेको छ। चालु आर्थिक वर्षमा चार करोड रूपैयाँको काम गोन्द्राङमा गरिएको छ। भरतपुर महानगरले पनि थप बजेट विनियोजन गर्ने बताइएको छ।

images
images

चितवन- भरतपुर महानगरपालिकाको वडा नं ११ बाट वडा नं २४ को राप्ती नदीसम्म पुगेको केरुंगा घोललाई सौन्दर्यकरण गरी पर्यटकीय मार्ग बनाउन सिमांकनको काम थालिएको छ।

images
images
images

महानगरपालिकाले गुरुयोजना निर्माण गरी घोललाई व्यवस्थित गर्न लागेको हो। सोका लागि सिमांकनको काम सुरु गरिएको हो। महानगरपालिकाले घोलको सिमांकन र संरक्षण गर्न उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा समितिसमेत गठन गरेर काम अघि बढाएको हो।

images
images

समितिका संयोजक अधिकारीका अनुसार घोल महानगरका ११ वडामा पर्दछ। ती वडाहरुले सिमांकनको काम सुरु गरेका हुन्। उनले भने, 'केही वडाले काम थालेका छन्, केही थाल्ने तयारीमा रहेका छन्।' घोलको सिमांकन वडाले आफैले छुट्याउने छन्। कुनै समस्या भएमा महानगरपालिकाले सहजीकरण गर्ने उनले बताए।

images
images
images

महानगर प्रमुख रेनु दाहालले यथाशीघ्र छिटो काम सम्पन्न गर्नेगरी वडालाई सिमांकन गर्न भनिएको बताइन्। उनले भनिन्, 'वडाहरुले काम सुरु गरेकाले छिट्टै सिमांकनको काम सकेर निर्माणको काम थालिने छ।' उनका अनुसार ३० दशमलव दुई किलोमिटर लामो घोल कम्तिमा छ मिटर फराकिलो छ। कतिपय स्थानमा चौडाइ धेरै भएको भन्दै उनले सिमांकनको काम सम्पन्न भएसँगै वास्तविक क्षेत्रफल आउने बताइन्। 

घोल संरक्षण र व्यवस्थित गर्न आगामी आर्थिक वर्षमा काम गर्ने गरी सघन सहरी तथा भवन निर्माण आयोजनाले १८ करोड रूपैयाँ विनियोजन गरेको छ। चालु आर्थिक वर्षमा चार करोड रूपैयाँको काम गोन्द्राङमा गरिएको छ। दाहालले भनिन्, 'महानगरले पनि थप बजेट विनियोजन गर्छ।'

घोलको भुँइ र भित्तोमा पर्खाल लगाएर व्यवस्थित गरिँदैछ। दायाँबायाँ साइकल लेनसहितको फुटपाथ बनाइँदैछ। दाहालका अनुसार फराकिलो ठाउँ भएका स्थलमा उद्यान निर्माण गरिनेछ। फराकिला ठाउँहरुमा व्यायामशाला बनाइनेछ। बिहान बेलुका हिँड्न र हरियालीमा रमाउन मिल्ने गरी वृक्षरोपण गरिनेछ। डुंगा राख्नका लागि स्थल बनाइनेछ। 

गुरुयोजनाअनुसार काम गर्न एक अर्ब ३७ करोड रूपैयाँ लाग्ने छ। यो घोल वडा नं १२, ९, ८, ७, ६, ५, १४, २२ र २३ हुँदै बगेको छ। घोल महानगरका लागि अत्यावश्यक र दूरगामी महत्व राख्ने आयोजना हो। दाहालले भनिन्, 'यो घोलले हाम्रो महानगरपालिकाभित्रको सुन्दरता बढाउँछ।' यससँगै महानगरभित्रका डुबान क्षेत्रको पानीको निकासको काम यो घोलले गर्ने उनको भनाइ छ।

यसबाट एकातिर सार्वजनिक सम्पत्तिको संरक्षण हुनेछ भने अर्कोतिर उद्यान बनाएर पर्यटकलाई पनि आकर्षण गर्न सकिनेछ। हिउँदमा समेत नारायणी लिफ्टको पानी नहरमा हालेर केरुंगामा डुंगा चलाउने योजना महानगरको छ। बर्सातको समयमा पानी धेरै हुने तर घोल साँघुरो भएकाले त्यहीँबाट बस्तीमा पानी पस्ने समस्यासमेत हुँदै आएको छ। 

गुरुयोजनाअनुसार काम सम्पन्न हुँदै गर्दा महानगरको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा यो विकास हुने छ। भरतपुरको गणेशस्थानदेखि जगतपुरस्थित राप्ती नदीसम्म हरियाली सौन्दर्यतासँगै डुंगा चलाउँदै गर्दा यसले आन्तरिक र बाह्य पर्यटकसमेत आकर्षित गर्ने महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीले बताए। रासस


प्रकाशित : बिहीबार , असार २१ २०८०१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend