मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

एसईई नतिजा : ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी २२ हजार ४ सय ७५, सबैभन्दा धेरैको २ देखि २.४० जीपीए

images
बिहीबार , असार २१ २०८०
images
images
एसईई नतिजा : ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी २२ हजार ४ सय ७५, सबैभन्दा धेरैको २ देखि २.४० जीपीए

यस वर्ष २ हजार २ सय विद्यार्थीले ०.८० देखि १.२० जीपीए अंक ल्याउका छन्। यो कुल विद्यार्थी संख्याको ०.४५ प्रतिशत हो।

images
images

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ। यस वर्ष ४ लाख ८४ हजार ९ सय ३९ विद्यार्थी एसईईमा सहभागी थिए। जसमध्ये ३.६० देखि ४ जीपीए अंक ल्याउने विद्यार्थी २२ हजार ४७५ जना रहेका छन्। यो ४.६३ प्रतिशत हो।

images
images
images

त्यस्तै ३.२० देखि ३.६० जीपीए अंक ल्याउने विद्यार्थी ५५ हजार ६९ छन्। यो ११.३६ प्रतिशत हो। यस वर्ष २.८० देखि ३.२० जीपीए अंक ल्याउने विद्यार्थीको संख्या ७२ हजार ३६२ पुगेको छ। यो १४.९२ प्रतिशत रहेको छ। यसैगरी ८९ हजार ३३१ विद्यार्थीले २.४० देखि २.८० जीपीए अंक ल्याएका छन्। यो १८.४२ प्रतिशत हो।

images
images

सबैभन्दा बढी २ देखि २.४० जीपीए अंक ल्याउने विद्यार्थी छन्। उनीहरूको संख्या एक लाख दुई हजार २९३ रहेको छ। यो कुल विद्यार्थीको २१.०९ प्रतिशत हो। त्यस्तै ८८ हजार ४ सय ४७ विद्यार्थीले १.६० देखि २ जीपीए अंक ल्याएका छन्। यो कुल विद्यार्थीको १८.२४ प्रतिशत हो।एसईईमा १.२० देखि १.६० जीपीए अंक ल्याउने विद्यार्थीको संख्या पनि ३८ हजार ७७० रहेको छ। यो ७.९९ प्रतिशत हो।

images
images
images

यस वर्ष २ हजार २ सय विद्यार्थीले ०.८० देखि १.२० जीपीए अंक ल्याउका छन्। यो कुल विद्यार्थी संख्याको ०.४५ प्रतिशत हो।

बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर परीक्षाफल प्रकाशित गरेको हो। २०७२ अघि भने ग्रेडिङ प्रणाली लागु भएको थिएन। २०७२ सालको पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ‘ए प्लस’, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’, ७० देखि ८० भन्दा कम ल्याउनेलाई ‘बी प्लस’, ६० देखि ७० भन्दा कम ल्याउनेलाई ‘बी’, ५० देखि ६० भन्दा कम ल्याउनेलाई ‘सी प्लस’, ४० देखि ५० भन्दा कम ल्याउनेलाई ‘सी’, ३० देखि ४० भन्दा कम ल्याउनेलाई ‘डी प्लस’, २० देखि ३० भन्दा कम ल्याउनेलाई ‘डी’ तथा २० भन्दा कम ल्याउनेलाई ‘ई’ ग्रेड प्रदान गरिन्छ।

गत चैत १७ देखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका साधारणतर्फ चार लाख ८५ हजार ३९६ विद्यार्थीको सहभागिता रहेको थियो। परीक्षामा दुई लाख ४२ हजार ७१२ जना छात्रा र दुई लाख ४२ हजार ६७४ जना छात्रले भाग लिएका थिए। बोर्डका अनुसार प्राविधिक धारतर्फ १५ हजार ४६१ जना परीक्षार्थी थिए।

फोनमा १६०० डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ। त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिनेछ। परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटबाट नतिजा हेर्न सकिने छ।

एसएमएसका लागि १६००, ३१००३, ३४९४९,  ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np र नेपाल टेलिकमको www.see.ntc.net.np बाट नतिजा हेर्न सकिने व्यवस्था छ।


प्रकाशित : बिहीबार , असार २१ २०८०१०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend