मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

बेरोजगारीको संख्या तीन लाखमा झार्ने योजना आयोगको लक्ष्य

images
बिहीबार , असार २१ २०८०
images
images
बेरोजगारीको संख्या तीन लाखमा झार्ने योजना आयोगको लक्ष्य

मुलुकभित्रै रोजगारी सिर्जना गरी बेरोजगारीको संख्या कम गर्ने लक्ष्य राखिएको छ।

images
images

काठमाडौं- सरकारले आगामी ६ वर्षभित्र बेरोजगारको संख्या एकल अंकमा झार्ने लक्ष्य लिने भएको छ। यसका लागि राष्ट्रिय योजना आयोगले समग्र मानव संशाधन विकास योजना तर्जुमा अगाडि बढाएको छ।

images
images
images

आयोगका सदस्य डा रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिले मानव संशाधन विकास योजनासम्बन्धी प्रतिवेदन तयार पारेर छलफल अघि बढाएको हो। मुलुकभित्रै रोजगारी सिर्जना गरी बेरोजगारीको संख्या कम गर्ने लक्ष्य राखिएको छ।

images
images

पौडेलको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय साथै विश्वविद्यालय तथा नेपाल उद्योग वाणिज्य महासंघ, निजी क्षेत्रका विद्यालयलगायतका प्रतिनिधि सदस्य रहने गरी निर्देशक समिति गठन गरेको थियो। निर्देशक समितिमा निजी क्षेत्रका तर्फबाट महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सदस्य छन्।

images
images
images

समग्र मानव संशाधन विकास योजना तर्जुमालाई अगाडि बढाउन कार्यसर्त तोकेर परामर्शदातालाई प्रतिवेदन तयार गर्न लगाइएको थियो। परामर्शदाताले यही असार २० गते बुधबार प्रतिवेदनको अन्तिम मस्यौदा प्रस्तुतीकरण गरेका छन्।

मस्यौदा प्रतिवेदनमा नेपालको विद्यमान मानव संशाधनको अवस्था, रोजगारी र बेरोजगारीको अवस्था २०८६ सालसम्म सृजना हुने सम्भाव्य रोजगारीको प्रक्षेपणसहितको विवरण समावेश गरिएको छ।

देशमा हाल करिब नौ लाख बेरोजगार रहेकोमा विसं २०८६ सम्म तीन लाखमा झार्ने, सार्वजनिक र निजी क्षेत्रमा रोजगारीको विस्तार गर्ने, सीपमूलक तालिमको विस्तार गर्ने लगायतका विषय प्रतिवेदनमा समावेश गरिएको छ।

यसका लागि सीपयुक्त रोजगारी सिर्जना गर्न मानव संशाधन विकास योजना पनि विस्तृत रुपमा सुझाव दिइएको छ। कुल १४ वटा कार्यक्षेत्रभित्र रहेर विभिन्न सुझाव प्रस्तुत गरिएको छ। मस्यौदालाई थप परिस्कृत र यथार्थ बनाउन निर्देशक समितिका सदस्यबाट प्राप्त सुझावलाई समावेश गर्न समितिको संयोजक डा रमेश पौडेलले निर्देशन दिएका छन्।

अन्तिम प्रतिवेदन प्राप्त भएपछि यसको कार्यान्वयनका लागि राष्ट्रिय योजना आयोगले आवश्यक समन्वय गर्ने समितिका संयोजक डा पौडेलले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , असार २१ २०८०१०:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend