मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

वानएक्स बेट : अनुमतिबिना अरुको नागरिकता प्रयोग गरी ४२ वटा खाता, ३१ करोड बढीको कारोबार

images
बिहीबार , असार २१ २०८०
images
images
वानएक्स बेट : अनुमतिबिना अरुको नागरिकता प्रयोग गरी ४२ वटा खाता, ३१ करोड बढीको कारोबार

वानएक्स बेटमार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले अनुमतिबिना अरुको नागरिकता प्रयोग गरी ३१ करोड रूपैयाँभन्दा बढी रकमको कारोबार गरेको पाइएको छ।

images
images

काठमाडौं- वानएक्स बेटमार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले मञ्जुरीबिना अन्य केही व्यक्तिको नागरिकता प्रयोग गरेको पाइएको छ। उक्त खेलमार्फत उनले ३१ करोड रूपैयाँभन्दा बढी रकमको कारोबार गरेको पाइएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

images
images
images

गत जेठ ३० गते पक्राउ परेका खड्काले केही व्यक्तिको नागरिकता प्रयोग गरी उनीहरुको मञ्जुरीबिना ४२ वटा खाता खोलेर विद्युतीय माध्यम दुरुपयोग गरी अनाधिकृतरुपमा खातामा ३१ करोड ३२ लाख ६४ हजार दुई सय ५२ रूपैयाँ जम्मा गरेर सो रकम अन्य खातामा पठाएको खुल्न आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

images
images

उनका अनुसार निज अभियुक्तबिरुद्ध दुई पीडितले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (क) र (ख), दफा ५ को (क) र (ग) र दफा ६ बमोजिम कसुर गरेको किटानी जाहेरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएकामा आवश्यक कारबाहीको लागि टेकुस्थित जिल्ला प्रहरी परिसर पठाइएको छ। रासस

images
images
images


प्रकाशित : बिहीबार , असार २१ २०८००८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend