मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

काठ क्षेत्रका सडकको अवस्था नाजुक, ध्यान गएन स्थानीय सरकारको

images
बिहीबार , असार २१ २०८०
images
images
काठ क्षेत्रका सडकको अवस्था नाजुक, ध्यान गएन स्थानीय सरकारको

सडकका ठाउँ ठाउँमा पोखरी जमेका कारण पैदल यात्रु सवारी साधनले छ्याप्ने हिलो पानीले भिज्ने गरेका छन्।

images
images

काठमाडौं- राजधानी वरिपरिका नगरपालिका क्षेत्रकै सडकमा पानी जमेर पोखरी बनी सवारी एवं पैदलयात्रु आवतजावतमा समस्या हुँदा पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन।

images
images
images

काठमाडौंमा सबै स्थानीय तहलाई नगरपालिका घोषणा गरिएको करिब एक दशक भए पनि सडकको अवस्था भने गाउँ विकास समिति हुँदा र अहिले पनि केही फरक नभएको स्थानीयवासीको गुनासो छ। 

images
images

राज्य पुनःसंरचना भई तीन तहको सरकार बनेको पनि ६ वर्ष पूरा भएको छ। स्थानीय तहका जनप्रतिनिधिले एक अवधिको कार्यकाल पनि पूरा गरेका छन्। ग्रामीण सडकका समस्या समाधान नहुँदा नगरपालिका बनेका काठ क्षेत्रमा हिँड्दा समस्यामा पर्ने गरेको बूढानीलकण्ठ नगरपालिका-११ का सन्तोष भण्डारी बताउँछन्।

images
images
images

उक्त क्षेत्रको सडकको दुरावस्था रहेको उल्लेख गर्दै उनी समस्या समाधानमा स्थानीय सरकारको पनि ध्यान जान नसकेको गुनासो गर्छन्। सडकका नाममा स्थानीय सरकारबाट बजेट उपभोक्ता समितिमार्फत खर्च गर्ने गरिए पनि गुणस्तरीय काम गर्नेभन्दा कागज मिलाएर भुक्तानी लिने क्रम बढेको स्थानीयवासीको दुःखेसो छ। नगरपालिकाको वडा नं १२ स्थित खरिबोटबाट त्रिवेणीचोक हुँदै आरुबारी जाने सडक जीर्ण भए पनि मर्मत हुन सकेको छैन।

उक्त सडकको केही भागमा असारको अन्त्यतिर पर्खाल लगाउन लागेको देखिए पनि सडकमा जमेको पोखरीको समस्या उस्तै रहेको स्थानीयवासी नमिता राई बताउँछिन्। जनप्रतिनिधि बन्न मत माग्न आउने दलका नेता तथा कार्यकर्ता सडकको अवस्था नाजुक हुँदा भने कानमा तेल हालेर बस्ने गरेको उनको भनाइ छ।

सडकका ठाउँ ठाउँमा पोखरी जमेका कारण पैदल यात्रु सवारी साधनले छ्याप्ने हिलो पानीले भिज्ने गरेका छन्।

वडाध्यक्ष शम्भुप्रसाद भट्टराईले सडक निर्माणको कार्यक्षेत्र नगरपालिकाको मात्र नभएकाले सबै सडकमा काम गर्न नसकिएको स्वीकार्दै समस्या समाधानका पहल गर्ने प्रतिबद्धता जनाए।

नगरपालिकाको अन्य क्षेत्रका सडकको अवस्था पनि दयनीय छ। नगरपालिकाले बनाएको सडक एक वर्ष पनि नटिक्ने गरेको उपभोक्ताको भनाइ छ। गुणस्तरीय काम नभएकाले छिटो सडक बिग्रने गरेको छ। नगरपालिकाले बनाएका अधिकांश सडक छिटो बिग्रनुको कारणबारे अध्ययन गरिनुपर्ने स्थानीयवासी राजेन्द्र कोइराला जोड दिन्छन्। रासस


प्रकाशित : बिहीबार , असार २१ २०८००७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend