मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

रत्ननगरद्वारा तीन हजार पाँच सय परिवारको स्वास्थ्य बीमा

images
बिहीबार , असार २१ २०८०
images
images
रत्ननगरद्वारा तीन हजार पाँच सय परिवारको स्वास्थ्य बीमा

बीमाका लागि नगरपालिकाले एक करोड २२ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरी बीमा गराएको थियो।

images
images

चितवन- पूर्वी चितवनको रत्ननगर नगरपालिकाले यस आर्थिक वर्षमा तीन हजार पाँच सय परिवारको स्वास्थ्य बीमा गरेको छ।

images
images
images

एक परिवारलाई तीन हजार पाँच सय रूपैयाँका दरले बीमा गरेको हो। नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाका अनुसार यसबाट १७ हजार पाँच सयजना प्रत्यक्ष्य लाभान्वित भएका छन्। उनले भने, 'एउटा परिवारको पाँच जनालाई बीमाले समेट्छ।' बीमाका लागि नगरपालिकाले एक करोड २२ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरी बीमा गराएको थियो।

images
images

नगरपालिकाले विपन्न परिवारको बीमा गराएको हो। वडा कार्यालयले विपन्न भएकाको तथ्यांक लिएर प्रमाणित गरेकालाई बीमा गराइएको हो। यस कार्यक्रमलाई अझ व्यवस्थित बनाएर नागरिकको साझेदारीमा आउँदो वर्ष निरन्तरता दिने उनले जानकारी दिए।

images
images
images

नगरपालिकाले बीमा नसमेटिएका विपन्नलाई लक्षित गरी ३० लाख रूपैयाँको छुट्टै विपन्न कोषसमेत बनाएको छ। रत्ननगरस्थित बकुलहर अस्पतालमा उपचार गराउन आउने बिरामीका लागि सो कोषबाट सहयोग गर्ने गरिएको छ। १० हजार रूपैयाँसम्म कोषबाट सोझै उपचार गरिदिने व्यवस्था छ। उनले भने, '१० हजार रूपैयाँभन्दा बढी खर्च हुने अवस्थामा कार्यपालिका बैठकले निर्णय गरेर विपन्नको हामीले उपचार गर्दै आएका छौँ।'

नगरभित्रका नागरिकले आर्थिक अभावमा उपचार सेवाबाट वञ्चित हुन नपरोस् भन्नेमा नगरपालिका सजग रहेको उनले बताए। आफ्नो तलब भत्तासमेत विपन्नहरुको सेवामा खर्च गर्दै आएका प्रमुख सापकोटाले आउँदो वर्ष प्राविधिक विषय पढ्ने १० विद्यार्थीलाई ५० प्रतिशत खर्चसमेत व्यहोर्न लागिएको बताए। उनका अनुसार नर्सिङ, एचए लगायतको शिक्षा लिन चाहेर पनि आर्थिक अभावमा अवसर नपाएका सरकारी विद्यालय अध्ययन गरेका जेहेन्दार विद्यार्थीलाई यो कार्यक्रममा समावेश गरिँदै छ।

नगरपालिकाले अतिविपन्न, अपांगता, दीर्घरोगी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई परिवारको अवस्था हेरी साझेदारीमा स्वास्थ्य बीमाको नयाँ दर्ता तथा नवीकरणको व्यवस्था गर्ने भएको छ।

आगामी आर्थिक वर्षबाट यो कार्यक्रम लागू गर्न लागिएको हो। ८० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्यकर्मी पठाइ मधुमेह, उच्च रक्तचाप जस्ता रोगको परीक्षण गर्दै आएको छ। आगामी वर्षबाट ६८ वर्षमाथिका ज्येष्ठ नागरिक तथा अपांगलाई लक्षित गरी कम्तीमा वर्षमा दुई पटक घरमै पुगेर स्वास्थ्य परीक्षण गरिने भएको छ। रासस


प्रकाशित : बिहीबार , असार २१ २०८००७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend