मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

फलफूल खेती प्रवर्द्धन गर्न तिलागुफामा ‘एक घर, एक बगैँचा’ अभियान

images
बिहीबार , असार २१ २०८०
images
images
फलफूल खेती प्रवर्द्धन गर्न तिलागुफामा ‘एक घर, एक बगैँचा’ अभियान

नगरपालिकाभित्रको भू-बनोटको अध्ययन प्रतिवेदनबमोजिम गरिएको भू-उपयोग क्षेत्र वर्गीकरणका आधारमा कृषिमा आधुनिकीकरण र आधुनिक तरिकाले उत्पादन वृद्धि गर्ने नीति नगरपालिकाको छ।

images
images

मान्म- कालीकोटको तिलागुफा नगरपालिकाले फलफूल खेती प्रवर्द्धन गर्न ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्ने भएको छ। नगरपालिकामा स्याउ र ओखरको राम्रो खेती हुने भएकोले ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्न लागिएको हो।

images
images
images

उक्त नगरपालिका कर्णालीकै राम्रो स्याउ र ओखर पकेट क्षेत्र भएका कारण ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ।

images
images

नगरपालिकामा रहेका कृषिको अवस्था, किसान पहिचान र प्राथमिकता क्षेत्र पहिचान गरी आवश्यक रणनीति तयार गर्न कृषि गुरुयोजना निर्माण गरेर ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्न थालिएको नगरप्रमुख शंकरप्रसाद उपाध्यायले बताए।

images
images
images

'नगरपालिकाभित्रको भू-बनोटको अध्ययन प्रतिवेदनबमोजिम गरिएको भू-उपयोग क्षेत्र वर्गीकरणका आधारमा कृषिमा आधुनिकीकरण र आधुनिक तरिकाले उत्पादन वृद्धि गर्ने नीति लिएका छौँ', उनले भने, 'खाद्यान्न, फलफूल र तरकारी बालीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न उन्नत जातको बीउ, आवश्यक स्रोत र सीप प्रदान गर्ने व्यवस्था गरिनेछ।'

फलफूल खेती प्रवर्द्धन गर्न ‘एक घर एक बगैँचा’ अभियानलाई सञ्चालन र यसका लागि किसानलाई आवश्यक प्राविधिक आर्थिक सहयोग प्रदान गर्न कार्यविधि बनाउने तयारी गरिएको नगर प्रमुख उपाध्यायले बताए। 'यहाँ स्याउ र ओखर धेरै उत्पादन हुने भएकाले कृषकले उत्पादन गरेका वस्तुको संरक्षण र भण्डारण गर्न शीत गृह निर्माण गर्नेछौँ', उनले भने, 'नगरपालिकाभित्र उत्पादन हुने रैथाने प्रांगारिक बाली जस्तै स्याउ, ओखर, सिमी, मार्सी चामल, चिनु, कागुनु, जौ, मकै आदिलाई कृषकबाट नगरपालिकाले खरिद गरी बजारीकरणका लागि सुनिश्चित गर्ने तयारी थालेका छौँ।'

‘एक घर पाँच फलफूलका बिरुवा’ कार्यक्रम लागू गरिएको नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए। ‘एक घर, एक बगैँचा कार्यक्रममा त छँदैछ। त्योसँगै एक घर, पाँच फलफूलका बिरुवा कार्यक्रम लागु गरेका छौँ', उनले भने, 'भौतिक पूर्वाधार विकास र वातावरणबीच सन्तुलन कायम राख्न नगरपालिकाको लगानीमा हुने भौतिक पूर्वाधार निर्माणमा अनिवार्यरुपमा विरुवा रोप्नुपर्ने नीति बनाएका छौँ।' रासस


प्रकाशित : बिहीबार , असार २१ २०८००७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend