बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दुई आर्थिक वर्षको लाभांश दिन बाँकी नेपाल लाइफले कति दिन सक्ला ? (यस्तो छ प्राविधिक विश्लेषण)

मंगलबार, कात्तिक २३ २०७८
दुई आर्थिक वर्षको लाभांश दिन बाँकी नेपाल लाइफले कति दिन सक्ला ? (यस्तो छ प्राविधिक विश्लेषण)

दोस्रो बजारको ब्लुचिप कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा लगानीकर्ताको खासै आकर्षण देखिदैन।

काठमाडौं- दोस्रो बजारको ब्लुचिप कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा लगानीकर्ताको खासै आकर्षण देखिदैन।

जवकी कम्पनीले दुई आर्थिक वर्षको लाभांश वितरण गर्न बाँकी छ। बीमा कम्पनीहरु मध्ये सर्वाधिक पूँजी तथा बजार हिस्सा रहेको नेपाल लाइफले आगामी आर्थिक वर्षमा कति लाभांश दिन सक्ला भन्ने जिज्ञासा लगानीकर्ताहरु माझमा रहेको देखिन्छ।

कम्पनीले विगत एक दशमा वितरण गरेको मुनाफालाई हेर्ने हो भने एकदमै आकर्षक देखिन्छ। कम्पनीले आर्थिक वर्ष २०७६/२०७७ र २०७७/२०७८ को लाभांश वितरण गर्न बाँकी छ।

तर कम्पनीले आर्थिक वर्ष २०७६/२०७७ को वित्तीय विवरणका लागि मात्रै आवस्यक प्रकृया अगाडी बढाएको छ। कम्पनीले आर्थिक वर्ष २०७६/२०७७ को एक्चुअरी भ्यालुएसन गराएर बीमा समितिमा पेश गरेको छ। बीमा समितिले उक्त भ्यालुएसन एप्रुभ गराए पछि मात्रै लाभांश घोषणा गर्न पाउने छ। तर कम्पनीको आन्तरिक लफडाका कारण उक्त प्रकृया अगाडी बढ्न सकेको छैन।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले राजिनामा दिएर बाहिरिएका छन्। यसले कम्पनीको लाभांश घोषणामा थप ढिलाइ हुने देखिन्छ। त्यसमा पनि बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई फ्युचर बोनशको प्रोभिजनिङ गर्न निर्देशन दिएको हुँदा लाभांशमा केहि कमि आउने निश्चित छ।

कम्पनीले विगतका वर्षमा वितरण गरेको मुनाफमा एफपिओ निष्काशन गर्दा आर्जन भएको प्रिमियमको योगदान सर्वाधिक छ। कम्पनीले २०७५/२०७६ सम्मको सञ्चित जगेडा कोषबाट ५१ प्रतिशत लाभांश वितरण गरिसकेको हुँदा आर्थिक वर्ष २०७६/७७ को जगेडा कोषमा एक अर्ब हारारहारी मात्रै रकम रहेको हुँदा कम्पनीले उक्त आर्थिक वर्षका लागि आकर्षक लाभांश वितरण गर्न सक्ने सम्भावना एकदमै न्युन छ।

कम्पनीको अपरिष्कृत वित्तीय विवरणका आधारमा विश्लेषण गर्दा लाभांश वितरण गर्न सक्ने क्षमता एकदमै कम छ। तर एक्चुरियल मूल्याङ्कन पछि जीवन बीमा कम्पनीहरुको नाफा बढ्ने देखिएकोले अहिले नै कम्पनीले लाभांश वितरण गर्न सक्दैन भन्न मिल्दैन।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को अपरिष्कृत वित्तीय विवरणमा ५२ करोड रुपैयाँ नाफा देखाएको थियो तर यस वर्षको लेखापरीक्षण प्रतिवेदनमा एक अर्ब ३३ करोड रुपैयाँ मुनाफा देखिएको थियो। कम्पनीले लाभांश वितरणको तयारी गरेको आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरणमा ५३ करोड रुपैयाँ नाफा देखिन्छ।

अघिल्लो आर्थिक वर्षकै लेखापरिक्षण प्रतिवेदनलाई आधार मानेर हेर्यो भने यस वर्षमा पनि कम्पनीले एक अर्ब ४० करोड रुपैयाँ भन्दा धेरै मुनाफा गर्न सक्ने देखिन्छ । यसका साथै कम्पनीको जगेडा कोषमा पनि २ अर्ब भन्दा धेरै रकम देखिन जान्छ।

हाल कम्पनीको चुक्ता पूँजी ७ अर्ब १९ करोड रुपैयाँ छ। कम्पनीले लाभांश वितरण गर्न बाँकी आर्थिक वर्ष २०७६/७७ को जगेडा कोषमा कम्तिमा पनि तीन अर्ब भन्दा धेरै रकम देखिन सक्छ। यहि हिसावले कम्पनीको लाभांश वितरण गर्न सक्ने क्षमता ४० प्रतिशत भन्दा धेरै रहन सक्छ।

कम्पनीले गत माघमा लाभांश वितरण गर्दा सेयर मूल्य तीन हजार रुपैयाँसम्म पुग्यो। त्यस पछि शेयर मूल्य लगातार तल झर्ने क्रममा अहिले १६९० रुपैयाँ छ। कम्पनीले लाभांश वितरण गर्ने अन्योलताले गर्दा मूल्यमा खासै सुधार हुन सकेको छैन।

life.jpg


प्रकाशित : मंगलबार, कात्तिक २३ २०७८०३:१४
  • सम्बन्धित विषय:

  • # nepal life
  • # sharemarket


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend