बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एभरेष्ट बैंकद्वारा वीरगञ्ज कारागार परिसरमा रहेको समता स्कूललाई आर्थिक सहयोग प्रदान

मंगलबार, असार १९ २०८०
एभरेष्ट बैंकद्वारा वीरगञ्ज कारागार परिसरमा रहेको समता स्कूललाई आर्थिक सहयोग प्रदान

कारागार परिसरमा रहेको समता शैक्षिक गुठी नेपालले सञ्चालन गरिरहेको प्राथमिक तहको विद्यालयलाई भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनको लागि दुई लाख रूपैयाँ आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ।

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले वीरगञ्ज कारागार परिसरमा रहेको समता स्कूललाई आर्थिक सहयोग प्रदान गरेको छ। 

बैंकले वीरगञ्ज कारागार परिसरमा कैद सजाय भुक्तान गरिरहेका महिला कैदीबन्दीसँग बस्दै आएका उनीहरुका छोराछोरीलाई विद्यालय शिक्षा उपलब्ध गराउने उद्देश्यले सहयो प्रदान गरेको हो।

कारागार परिसरमा रहेको समता शैक्षिक गुठी नेपालले सञ्चालन गरिरहेको प्राथमिक तहको विद्यालयलाई भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनको लागि दुई लाख रूपैयाँ आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ।

विद्यलाय परिसरमा आयोजित एक समारोहबीच बैंकका मधेस प्रदेशका प्रादेशिक प्रबन्धक विभूति न्यौपानेले सो विद्यालयकी प्रधानाध्यापक अनामिका मिश्रालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। यसबाट कैदीबन्दीका छोराछोरीहरुलाई विद्यालय शिक्षा हासिल गर्न र विद्यालयको पठनपाठनमा थप टेवा पुग्ने बैंकको विश्वास छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको बैंकले जनाएको छ। 

प्रकाशित : मंगलबार, असार १९ २०८०१२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend