आइतबार, जेठ ६ गते २०८१    
images
images

एभरेष्ट बैंकद्वारा वीरगञ्ज कारागार परिसरमा रहेको समता स्कूललाई आर्थिक सहयोग प्रदान

images
मंगलबार, असार १९ २०८०
images
images
एभरेष्ट बैंकद्वारा वीरगञ्ज कारागार परिसरमा रहेको समता स्कूललाई आर्थिक सहयोग प्रदान

कारागार परिसरमा रहेको समता शैक्षिक गुठी नेपालले सञ्चालन गरिरहेको प्राथमिक तहको विद्यालयलाई भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनको लागि दुई लाख रूपैयाँ आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ।

images
images

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले वीरगञ्ज कारागार परिसरमा रहेको समता स्कूललाई आर्थिक सहयोग प्रदान गरेको छ। 

images
images
images

बैंकले वीरगञ्ज कारागार परिसरमा कैद सजाय भुक्तान गरिरहेका महिला कैदीबन्दीसँग बस्दै आएका उनीहरुका छोराछोरीलाई विद्यालय शिक्षा उपलब्ध गराउने उद्देश्यले सहयो प्रदान गरेको हो।

images

कारागार परिसरमा रहेको समता शैक्षिक गुठी नेपालले सञ्चालन गरिरहेको प्राथमिक तहको विद्यालयलाई भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनको लागि दुई लाख रूपैयाँ आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ।

images
images

विद्यलाय परिसरमा आयोजित एक समारोहबीच बैंकका मधेस प्रदेशका प्रादेशिक प्रबन्धक विभूति न्यौपानेले सो विद्यालयकी प्रधानाध्यापक अनामिका मिश्रालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। यसबाट कैदीबन्दीका छोराछोरीहरुलाई विद्यालय शिक्षा हासिल गर्न र विद्यालयको पठनपाठनमा थप टेवा पुग्ने बैंकको विश्वास छ।

images
images

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको बैंकले जनाएको छ। 


प्रकाशित : मंगलबार, असार १९ २०८०१२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend