बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

पर्यटन बोर्डका सीईओलाई तीन दिने स्पष्टीकरण

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २२ २०७८
images
पर्यटन बोर्डका सीईओलाई तीन दिने स्पष्टीकरण

पर्यटनमन्त्री प्रेम आलेले विमानस्थल भन्सार कार्यालयका कर्मचारीसँगको विवादको विषयलाई लिएर स्पष्टीकरण सोध्ने निर्णय भएको बताए।

images
images

काठमाडौं- नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले   तीनदिने स्पष्टीकरण सोध्ने भएको छ। 

images
images
images

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले रेग्मीलाई स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिए। 

images
images

पर्यटनमन्त्री प्रेम आलेले विमानस्थल भन्सार कार्यालयका कर्मचारीसँगको विवादको विषयलाई लिएर स्पष्टीकरण सोध्ने निर्णय भएको बताए।

images
images

रेग्मीसँग के कसरी विमानस्थलमा घटना घटेको हो र घटनाको सत्य तथ्य के हो भनेर  लिखित जवाफ मागिएको आलेले  बताए। रेग्मीलाई ३ दिनको समय दिएको र  चित्त बुझ्दो जवाफ नआए  थप कारबाहीको प्रक्रिया अगाडि बढ्ने मन्त्री आलेको भनाइ छ।

शनिवार लण्डनबाट काठमाडौं फर्कने क्रममा सिइओ रेग्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीलाई हातपात गरेको आरोप  लागेको छ। तर रेग्मीले भने भनाभन मात्रै भएको दाबी गर्दै आएको छन्।

विमानस्थल भन्सार कार्यालयका कार्यरत कर्मचारीले रेग्मीले साथमा ल्याएको ६ बोतल रक्सी कसको हो भनेर सोधपुछ गर्दा लफडा गरेर  रेग्मीले हातपात गरेको भन्दै विरोध गरेका थिए। विरोधपछि रेग्मीलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो। कार्यालयले रेग्मीलाई ५ हजार रुपैयाँ जरिवानासमेत तिराएको थियो।

जरिवाना तिरेको र रक्सी ल्याएको विषय रेग्मी आफै स्वीकार गर्छन तर हातपात भन्दा पनि धकेलाधेकेल भएको बताइरहेका छन्।


प्रकाशित : सोमबार, कात्तिक २२ २०७८१२:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend