बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनएमबि बैंकले ल्यायो दुई आकर्षक अफर

सोमबार, असार १८ २०८०
एनएमबि बैंकले ल्यायो दुई आकर्षक अफर

काठमाडौं- एनएमबि बैंकले आफ्ना ग्राहकहरुका लागि दुई आकर्षक अफर सार्वजनिक गरेको छ। 

अफरमा ग्राहकहरुले ई-एनएमबि एप र वेबमार्फत नेपालको जुनसुकै बैंक खातामा नि:शुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन्। परिवार र साथीहरूलाई पैसा पठाउन होस् वा व्यापारिक लेनदेनका लागि, यो अफरले ग्राहकहरूलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउने बैंकले जनाएको छ। यो अफर साउन मसान्तसम्म लागु हुनेछ।

साथै एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरुलाई नि:शुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ। एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्कबिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन्।  


प्रकाशित : सोमबार, असार १८ २०८००५:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend