बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनएमबि बैंक र खेतीको सहकार्यमा 'एनएमबि खेती कर्जा'को सुरुवात

आइतबार, असार १७ २०८०
एनएमबि बैंक र खेतीको सहकार्यमा 'एनएमबि खेती कर्जा'को सुरुवात

'एनएमबि खेती कर्जा'मार्फत किसानहरुले खेती एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिइ सहजरुपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

काठमाडौं- एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिनाधितो एनएमबि खेती कर्जाको आधिकारीक रुपमा सुरु भएको छ। 

यस कर्जामार्फत किसानहरुले खेती एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिइ सहजरुपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्नेछन्। वित्तीय पहुँचबाट वञ्चित रहेका किसानहरुले सहज रुपमा कर्जा प्राप्त गरुन् भन्ने हेतुले पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिनाधितो कर्जा नेपालमा नै पहिलो पटक सुरु गरिएको बैंकले जनाएको छ।

किसानहरुले आफूलाई आवश्यक कृषि बीउ बिजन, अन्य विभिन्न आवश्यक कृषिजन्य वस्तु तथा उपकरणहरु खरिद गर्नका लागि यो कर्जा सरल किस्ताबन्दीमा बिनाधितो प्राप्त गर्न सक्नेछन्। यस कर्जा प्राप्त गर्नको लागि अन्य कर्जा जस्तै कर्जाको लागि आवश्यक कागजातहरु पेस गर्नुपर्ने झन्झट व्यहोर्नुपर्ने छैन।

यो कर्जा पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित कर्जा भएकाले किसानहरुले खेतीसँग पहिला गरेको कारोबारको मूल्यांकन गरेर स्वीकृत गरिनेछ भने ग्राहकहरुले ३ महिनादेखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् र कर्जा चुक्ता गरिसकेपछि उनीहरुले फेरि अर्काे कर्जा पनि तुरुन्तै प्राप्त गर्न सक्नेछन्।

एनएमबि खेती कर्जा प्राप्त गर्नका लागि ग्राहकहरुले एनएमबि बैंकमा खाता खोलेको हुनुपदर्छ भने खेती एप अनिवार्य डाउनलोड गरि एपमा भएका फिचरहरुको प्रयोग गरेर ग्राहक पहिचान विवरण भर्नुपर्नेछ। साथै कृषिजन्य उत्पादन तथा उपकरणको कारोबार खेती एपबाट गरेको साथै रोग तथा किरा नियन्त्रण, फर्म सुरुजस्ता खेतीका महत्वपूर्ण चरणहरुमा पूर्ण सहभागी भएको हुनुपर्ने बैंकले जनाएको छ।


प्रकाशित : आइतबार, असार १७ २०८०११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend