आइतबार, जेठ ६ गते २०८१    
images
images

नबिलले साताव्यापी ‘नबिल ग्रीन वीक’ मनाउँदै

images
आइतबार, असार १७ २०८०
images
images
नबिलले साताव्यापी ‘नबिल ग्रीन वीक’ मनाउँदै
images
images

काठमाडौं- नबिल बैंक लिमिटेडले 'नबिल ग्रीन वीक' कार्यक्रम सुरु गरेको छ। नबिल सस्टेनेबल बैंकिङको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा ‘नबिल ग्रीन वीक’ कार्यक्रम सुरु गरेको हो।

images
images
images

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रूपमा बैंकको प्रधान कार्यालयमा दिगोपनप्रति प्रतिबद्धता सहितको एसडिजी गोल्स पेन्टिङ अनावरण गरी 'नबिल ग्रीन वीक' अभियानको उद्घाटन गरेका हुन्।

images

बैंकले १५ असारदेखि २१ असारसम्म नबिल ग्रीन वीकमा केन्द्रित कार्यक्रम राखेको छ। यो साताव्यापी उत्सवमा नबिलले लाजिम्पाट-पानीपोखरी-महाराजगञ्ज सडकखण्डमा वृक्षारोपण गर्ने, हरियो पहिरन लगाउने, टिकटक अभियान सञ्चालन गर्ने योजना बनाएको छ। नबिलको मुख्य कार्यालय परिसरमा दिगो उत्पादन र साझेदारहरूको अभ्यासलाई प्रवर्द्धन गर्न प्रदर्शनी गर्ने कार्यक्रम रहेको बताइएको छ।

images
images

उद्घाटन कार्यक्रममा अध्यक्ष पौड्यालले नबिलले ‘थ्रिपीज’ ‘पिपुल, प्लानेट र प्रस्पेरिटी’ मा काम गरि रहेको बताए। उनले दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै पर्यावरणको ख्याल गरे मात्र देशमा समृद्धि ल्याउन सकिने भएकोले नबिलका कार्यक्रम त्यतातर्फ केन्द्रित गरिएको बताए।

images
images

अध्यक्ष पौड्यालले बैंक रणनीतिक रूपमा दिगो व्यवसायमा केन्द्रित रहेको जानकारी गराए। 'हामीले दिगो उपायहरू अपनाउने तथा दीर्घकालीन वातावरणीय, सामाजिक र आर्थिक पक्षहरूलाई मद्दत गर्ने परियोजनाहरूलाई समर्थन गर्न हाम्रो ध्यान केन्द्रित गरेका छौँ', पौड्यालले भने।

नबिल सस्टेनेबल बैंकिङ आफ्नो स्थापनाकालदेखि नै सामाजिक र वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्ने क्रममा दिगो अभ्यासहरूलाई प्रवर्द्धन गर्न अग्रपङ्क्तिमा रहेको बैंकले जनाएको छ।

नबिल सस्टेनेबल बैंकिङको दोस्रो वर्ष पूरा गरेकोमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले सामाजिक तथा वातावरणीय क्षेत्रमा बैंकले आफ्नो भूमिका देखाउँदै गएको बताए। यो ग्रीन वीक सप्ताहले बैंकिङ क्षेत्रमा वातावरणीय र सामाजिक चेतनामा नबिलको उल्लेखनीय उपलब्धि र योगदानलाई उजागर गर्ने उनको भनाइ छ।

सीईओ ढुंगानाले नबिलले गर्दै आएको रेनवाटर हार्वेस्टिङ, पेपरलेस बैंकिङ, कम कागज प्रयोग गर्ने अभ्यास, नवीकरणीय ऊर्जामा केन्द्रित, नबिल सामाजिक उद्यमशीलता कार्यक्रमद्वारा दिगो वीकासका कार्यक्रमलाई केन्द्रित गरेको बताए। नबिल सस्टेनेबल बैंकिङ भर्टिकलले दिगो अभ्यासलाई प्रवर्द्धन गर्ने, आर्थिक वृद्धिमा टेवा पुर्‍याउने र भावी पुस्ताका लागि वातावरण संरक्षण गर्ने पहलहरूमा निरन्तरता दिने उनको भनाइ थियो।

बैंकका अनुसार दिगो बैंकिङको प्रमुख उपलब्धिको शाखारहित बैंकिङ विस्तार रहेको छ। विपन्न र सीमान्तकृत समुदायमा वित्तीय सेवाहरूको पहुँच बढाउन ग्रामीण बैंकिङ सेवा विस्तार रहेको छ। त्यसका साथै बैंकले समाजका विभिन्न क्षेत्रहरूमा वित्तीय ज्ञान र सीपहरू अभिवृद्धि गर्न वित्तीय साक्षरतामा समेत जोड दिँदै आएको छ।

नबिल सस्टेनेबल बैंकिङले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा जस्ता नवीन, सामाजिक र वातावरणमैत्री उत्पादनहरू ल्याएको छ। जसले किसान र उद्यमीहरूको विशेष आवश्यकताहरू पूरा गर्ने गरेको बैंकले जनाएको छ। ग्राहकहरूलाई वातावरणमैत्री र ऊर्जा दक्ष आवास समाधानहरूमा लगानी गर्न, आवासीय भवनहरूको कार्बन फुटप्रिन्ट घटाउन र हरियाली भविष्यमा योगदान पुर्‍याउन नबिलले भर्खरै नबिल सस्टेनेबल हाउजिङ लोन सुरु गरेको जानकारी गराइएको छ।

नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको थियो। 


प्रकाशित : आइतबार, असार १७ २०८०११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend