आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

images
आइतबार, असार १७ २०८०
images
images
नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध
images
images

मुग्लिन- नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा गए राति  पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो।

images
images
images

अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरामा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको उनले बताए।

images
images

सोही स्थानमा गत बिहीबारदेखि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन्। पटक-पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडाँै ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्। रासस

images
images
images


प्रकाशित : आइतबार, असार १७ २०८००३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend