आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

आरन पेसा संकटमा : न बजार छ, न युवापुस्तालाई चासो छ

images
शनिबार, असार १६ २०८०
images
images
आरन पेसा संकटमा : न बजार छ, न युवापुस्तालाई चासो छ

बजार अभावका कारण आरन व्यवसाय गाउँघरबाटै हराउँदै गएको व्यवसायी बताउँछन्।

images
images

खलंगा- शैल्यशिखर नगरपालिका-६ पनेबाज बजार छेउमा जस्तापाताले बार लगाएको एउटा सानो छाप्रो छ। त्यही छाप्रोमा बिहानदेखि साँझसम्म दैनिक जसो भेटिन्छन् ७० वर्षीय पदमे लुहार। उनी एक हातले घन र अर्को हातले पंखा घुमाइरहन्छन्। 

images
images
images

लुहार फलाम सिल्भर र तामाका विभिन्न भाँडाकुँडा बनाउँछन्। बुबा बाजेबाट भाँडाकुँडा बनाउन सिकेका उनले आरन व्यवसाय सञ्चालन गरेको ५२ वर्ष भयो। 'यसै पेसाबाट जसोतासो घरखर्च चल्दै आएको छ', लुहारले भने।

images
images

आरन पेसा अपनाउँदै आएका लुहार विगतमा निकै दुःख खेप्नु परेको बताउँछन्। केही वर्ष अघिसम्म फलामको काम गर्दा अन्न मात्र दिने गरेकामा पछिल्लो समय त्यसबापत उनले नगद पाउँछन्। यही पैसोले लुहारले छोराछोरीको लत्ताकपडा किन्ने गरेका छन्। 'छोराहरुले यो पेसालाई अपनाउन चाहँदैनन्, अब पेसा संकटमा पर्ने चिन्ता छ', उनी भन्छन्।

images
images
images

आरन व्यवसाय संकटमा परेको छ। 'बजार अभाव छ, त्यसैले आरन व्यवसाय गाउँघरबाटै हराउँदै गएको छ', स्थानीय दीपेन्द्र धामीले भने। परम्परागत घरेलु हस्तकलाका सामग्रीको प्रयोग कम हुनुका साथै मेहनत गरेअनुसारको मूल्य नपाउँदा पनि यो पेसा विस्तारै लोप हुँदै गएको छ।

आरन व्यवसायी गंगराम लोहार यही पेसालाई आधुनिक ढंगले व्यावसायिक रुपमा अघि बढाउन सके स्थानीय स्रोतसाधनको प्रयोगबाटै गाउँघरमा रोजगारी सिर्जना गर्न सकिने बताउँछन्। 'अहिलेका युवाको यो पेसाप्रति चासो छैन', उनले भने।

पहिला-पहिला गाउँघरमा आरन व्यवसाय गर्नेको संख्या उल्लेख्य थियो। भाँडाकुँडा बनाउन कोइलाको प्रयोग गरिन्छ। अहिले दाउराको पनि अभाव हुन थालेको छ। स्थानीय गजेन्द्र लुहार भन्छन् - 'मैले सानै उमेरदेखि बुबा र बाजेले काम गरेको देखेर सिकेको हुँ, अहिलेका पुस्ताले सिक्न चाहँदैनन्, सिकेर खेर जाँदैन, यसबाट पनि पैसो कमाउन सकिन्छ।'

आठ जनाको परिवारको खर्च आरन पेसाबाटै चलाएको लुहारले बताए। सरकारले आरन पेसा लोप हुन नदिन विभिन्न कार्यक्रम ल्याउनुपर्ने उनको माग छ। रासस


प्रकाशित : शनिबार, असार १६ २०८०१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend