आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

पालिकाका कर्मचारीबाटै ठगिएको भन्दै माछापालक किसानले दिए उजुरी

images
शनिबार, असार १६ २०८०
images
images
पालिकाका कर्मचारीबाटै ठगिएको भन्दै माछापालक किसानले दिए उजुरी

पालिकाले माछापालक किसानलाई एउटा प्याकेटमा एक हजार माछाको मुरा भनेर पाँच सय मात्र दिएर ठगेको किसानको गुनासो छ।

images
images

झापा- कचनकवल गाउँपालिका कर्मचारीले आफूहरुलाई ठगेको भन्दै माछापालक किसानले पालिका अध्यक्षलाई उजुरी दिएका छन्। गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई दिएको उजुरीमा ५० प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा किसान ठगिएको उल्लेख गरेका छन्।

images
images
images

पालिकाले माछापालक किसानलाई एउटा प्याकेटमा एक हजार माछाको मुरा भनेर पाँच सय मात्र दिएर ठगेको उजुरीकर्ताले उजुरीमा जनाएका छन्। माछा पालक भवेश राजवंशी, प्रदीप राजवंशी, कर्णसिंह राजवंशी, अर्जुन राजवंशी, बलाल राजवंशी र कैलाश मण्डलले आफूहरूमाथि ठगी भएको भन्दै अध्यक्ष राजवंशीविरुद्ध उजुरी दिएका हुन्।

images
images

उनीहरुले माछाको भुराका लागि प्रतिगोटा डेढ रूपैयाँका दरले पालिकामा अग्रिम रकम जम्मा गरेका थिए। गाउँपालिकाले प्रतिगोटा तीन रूपैयाँ पर्ने भनिएको माछाको भुराका लागि डेढ रूपैयाँ कार्यालयका तर्फबाट बेहोर्ने गरी जेठमा सूचना प्रकाशित गरेको थियो। सोही सूचनाका आधारमा निवेदन दिएर रकम जम्मा गरेका ४२ किसानलाई पालिकाले भुरा उपलब्ध गराएको थियो। 

images
images
images

कचनकवल गाउँपालिकाले पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा कार्प जातको माछाको भुरा वितरण गरेको हो।

पालिका अध्यक्ष राजवंशीले भने, 'कर्मचारीबाट त्रुटि भएकै हो। सम्बन्धित कर्मचारी र शाखासँग यस विषयमा लिखित जवाफ माग गरिएको छ। कमजोरी गर्नेलाई ढाकछोप गरिन्न, दोष हेरेर कारबाही गर्छौँ।'

उनले घटनाको यथार्थ के हो बुझेर चाँडै सार्वजनिक गर्ने बताए। रासस


प्रकाशित : शनिबार, असार १६ २०८०१०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend