आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

मेलम्चीमा मध्यकालीन सुधारको काम गरिने

images
शनिबार, असार १६ २०८०
images
images
मेलम्चीमा मध्यकालीन सुधारको काम गरिने

दीर्घकालीन संरचना बन्दासम्मका लागि भइरहेका संरचनाको सुधार गरी सञ्चालनको काम मध्यकालीन योजनाअन्तर्गत रहेको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए।

images
images

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन मर्मत सुरुको तयारी भइरहँदा त्यो सम्पन्न नहुँदासम्म पानी सञ्चालनका लागि मध्यकालीन सुधारको काम गरिने भएको छ।

images
images
images

विसं २०७८ असार १ गतेको बाढीका कारण आयोजनामा ठूलो भौतिक क्षति भएको थियो। सो क्षतिपछि आयोजना पुनःसञ्चालन गर्न र पुनःनिर्माणका लागि तत्काल गर्ने, मध्यकालीन र दीर्घकालीन गरी तीन किसिमका योजना बनाइएको थियो। तत्कालको सुधार सकिएर आयोजनाले उपत्यकामा पानी ल्याइरहेको छ। दीर्घकालीन संरचना बन्दासम्मका लागि भइरहेका संरचनाको सुधार गरी सञ्चालनको काम मध्यकालीन योजनाअन्तर्गत रहेको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए।

images
images

‘हेडवर्कक’को मध्यकालीन कार्ययोजनाअनुसार काम गरिने उनले बताए। त्यसमा हेडवर्कलाई चलाउन आवश्यक काम गेटको मर्मतको काम, बाढी आएपछि च्यानलाइजेसन गरिने आयोजनाको योजना छ।

images
images
images

आयोजनामा आगामी वर्ष मर्मत सञ्चालनको काम गरिने आयोजनाले जनाएको छ। हेडवर्ककको बायाँतर्फ रहेको पहिरोको रोकथामका लागि काम गरिने उनले बताए। सानासाना काम मात्रै गर्न सकिने उनले बताए। उनले भने, 'नयाँ हेडवर्क तत्काल बनिसक्दैन, त्यही संरचनाको मर्मत गरेर पानी चलाउन लागिनेछ।'

आयोजनालाई स्थायीरुपमा सम्पन्न गर्न दीर्घकालीन कार्ययोजनाअनुसार गर्नुपर्ने काम पनि आगामी आवमा अघि बढ्ने प्रवक्ता पन्तले बताए। डिजाइन स्वीकृत भएपछि खरिद प्रक्रियामा गएपछि नै काम सुरु गरिने उनले बताए। हेडवर्क कहाँ बनाउने भन्ने यही वर्ष तय गरिने आयोजनाले जनाएको छ। 

हेडवर्क बनिसक्न समय लाग्ने भएकाले निर्माण भइरहँदा पनि अहिले भइरहेको संरचना नै चलाउनुपर्ने प्रवक्ता पन्तले बताए। नयाँ ‘हेडवर्क’ निर्माणमा एशियाली किास बैंकले पनि चासो देखाएको उनले बताए। उनले भने, 'यस वर्षमा निर्णय भएमा अर्को वर्ष निर्माण सुरु हुनसक्छ।'

आयोजनाले सो बैंकसँगको ऋण सहयोगमा आयोजना निर्माण गरेको थियो। यस अघिको ऋण सकिएकाले नयाँ सम्झौता गरेर काम गर्नुपर्ने उनले बताए। नयाँ ‘हेडवर्क’ निर्माणका लागि विज्ञहरुले दुई/तीन ठाउँ हेरिसकेको उनले बताए। कुन ठाउँ उपयुक्त हुन्छ भनी र कस्तो बनाउने भनी निर्णय हुन बाँकी रहेको उनले जानकारी दिए। अन्तिम भएपछि प्रतिवेदन दिने र त्यहीअनुसार रकमको व्यवस्था गरिनेछ। उनले भने, 'त्यसपछि नयाँ ठेक्का प्रक्रियामा जान सकिनेछ।'

दीर्घकालीन योजनाअनुसार नयाँ हेडवर्क सम्पन्न गरेर स्थायीरुपमा चल्न समय लाग्ने भएकाले मध्यकालीन योजनाअनुसार भइरहेका संरचना सुधारका काम गर्न लागिएको हो। यस वर्ष निर्माणको काम सुरु गर्नसके अर्को दुई वर्षभित्रमा सम्पन्न गर्न सकिने उउनले बताए। उनले भने, 'त्यतिबेलासम्म मध्यकालीन कार्ययोजनाअनुसार यही हेडवर्कबाट पानी चलाउनुपर्छ।'

आगामी वर्ष आयोजनाका लागि सरकारले बजेट कम छुट्याएकाले धेरै काम नहुने उनले बताए। आगामी वर्षको बजेटमा आयोजनाको अस्थायी हेडवर्कको स्तरोन्नति गरी बाह्रै महिना खानेपानी आपूर्ति व्यवस्था मिलाइने उल्लेख छ। मेलम्ची जलाधारको भौगोलिक अध्ययन प्रतिवेदनको सुझावअनुसार आयोजनाको सञ्चालन गरिनेछ। आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्ग्री र लार्के जोड्ने गरी संरचना निर्माण गर्ने बजेटमा उल्लेख छ। रासस


प्रकाशित : शनिबार, असार १६ २०८००९:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend