आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

ठाउँठाउँमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

images
शनिबार, असार १६ २०८०
images
images
ठाउँठाउँमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

सडक अवरुद्ध भएपछि यात्रु बीच बाटोमा अलपत्र छन्।

images
images

रामपुर- अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडकखण्ड अवरुद्ध बनेका छन्। दुई दिनदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग, कालिगण्डकी करिडोर तथा विभिन्न सडकखण्ड बन्द छन्।

images
images
images

सिद्धार्थ राजमार्गअन्तर्गत माथागढी गाउँपालिका-१ धैरेनी, बगनासकाली-४ सेरा र रम्भा गाउँपालिका-३ लसुने नजिकै पहिरो खसेको छ। यस्तै कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको रम्भा-२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

images
images

बिहीबार रातिदेखि परेको वर्षाले कालिगण्डकी करिडोर शुक्रबारदेखि अवरुद्ध भएको हो। वर्षाका कारण पहिरो हटाउन  समस्या भएको छ। सडकमाथिबाट ढुंगासहित पहिरो खस्ने क्रम जारी रहेको रम्भा-१ का वडाध्यक्ष ईश्वर काफ्लेले बताए।

images
images
images

कालिगण्डकी करिडोरअन्तर्गतकै रामपुर नगरपालिका-१ स्याउली बजार र साँखर्दी खोलाको बिच भागमा पहिरो खसेपछि सडक अवरुद्ध भएको ज्ञानमन्जरी प्राविका प्रधानाध्यापक दानस मल्लले बताए।

यस्तै पूर्वी पाल्पा जोड्ने आर्यभन्ज्याङ-जब्गादी-रामपुर सडकखण्डका विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध छ। रामपुर जोड्ने सडक निस्दी-५, ढुंगानाबेँसी नजिकै पहिरो खसेको छ। सडक अवरुद्ध भएपछि यात्रु बीच बाटोमा अलपत्र छन्। रासस 


प्रकाशित : शनिबार, असार १६ २०८००८:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend