आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

केबलकार सञ्चालनमा आएपछि मौलाकालिकामा बढे धार्मिक पर्यटक

images
शनिबार, असार १६ २०८०
images
images
केबलकार सञ्चालनमा आएपछि मौलाकालिकामा बढे धार्मिक पर्यटक
images
images

नवलपुर- यसअघि गैँडाकोट तथा नारायणगढ आउँदा टाढैबाट मन्दिर दर्शन गरेर जाने ६१ वर्षीया लक्ष्मी उपाध्याय गत सोमबार मौलाकालिका मन्दिरमा पूजा गर्न पुगेकी थिइन्। जिल्लाको मध्यविन्दु-३ बाट आएकी उनले १७ वर्षपछि आज पुन: मन्दिर पुगेको बताइन्।

images
images
images

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिस्थल मौलाकालिका मन्दिरमा हिँडेर जानुपर्ने भएकाले आफू १७ वर्षसम्म मन्दिर दर्शनका लागि जान नसेकेको उपाध्यायको भनाइ थियो। 'सत्र वर्षअघिसम्म त वर्षमा दुई तीन पटक मौलाकालिका मन्दिर आउने गरेकी थिएँ', उनले भनिन्, 'विस्तारै बुढेसकाल लागेपछि हिँडेर मन्दिर पुग्नसक्ने अवस्था नभएकाले टाढैबाट मन्दिरको दर्शन गरेर घर फर्किने गरेकी थिएँ।'

images
images

यस पटक भने मन्दिरसम्मै पुग्न सकिने केबलकार सञ्चालनमा आएको सुनेर आफू मन्दिर दर्शनका लागि आएको उनले सुनाइन्। 'पहाडको फेदीबाटै केबलकार चल्दा सहज भएको छ। केबलकारमा पाँच मिनेको यात्रापछि मन्दिर नजिकै ओर्लिन पाइने रहेछ, यात्रा पनि रमाइलो लाग्यो', उनले भनिन्, 'जिन्दगीमै पहिलोपटक केबलकार चढ्ने मौका मिल्यो, केबलकारबाट झरेको पाँच मिनेटमै माताको दर्शन गर्न मन्दिर पुगिँदो रहेछ।'

images
images
images

केबलकार सञ्चालनपछि हिँड्न नसक्ने व्यक्तिका लागि मन्दिर पुग्न सहज भएको उनले बताइन्। यसअघि आफू नारायणगढ र गैँडाकोट आइराख्ने भए पनि टाढैबाट माताको दर्शन गरेर फर्किने गरेको उपाध्यायले सुनाइन्।

अहिले मौलाकालिकामा पूजाआजा गर्न जाने त भए नै धार्मिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न समूह बनाएर जाने व्यक्तिहरु पनि पुग्ने गरेका छन्। पहिले तल देवघाट दर्शनमा आएका व्यक्तिहरु त्यहाँबाटै फर्किने गरेका भए पनि अहिले केबलकारको सुविधाका कारण मौलाकालिका मन्दिर पनि पुग्ने गरेका सोमबार धनगढीबाट मन्दिर दर्शनका लागि आएका कैलाश आचार्यले बताए।  आचार्यले भने, 'पहिले पनि दर्शन गर्न पुगेको थिएँ, यहाँ हिँड्न नसक्नेलाई गाडीमा जान सकिने सुविधा पनि थियो र अहिले पनि रहेछ। तर गाडी भरपर्दो नहुने। पानी पर्दा हिलो हुने र उकालोमा गाडी नचल्ने भएकाले एकपटक हामी बीचबाटै फर्किएका थियौँ तर यसपालि निकै सजिलोगरी देवीको दर्शन गर्न पाइयो। सपरिवार आएका थियौँ अब आज नै घर फर्किन्छौँ।' 

गैँडाकोट-१ को धारापानीबाट मन्दिर नजिकैको हेलिप्याडसम्म केबलकार सञ्चालनमा आएपछि मन्दिरमा दर्शन तथा पूजाआजाका साथै धार्मिक पर्यटनमा आउनेको सङ्ख्या बढेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले जनाएको छ। समितिका आन्तरिक लेखा समिति संयोजक शोभाकान्त काफ्लेले पहिलेको तुलनामा अहिले दोब्बरले भक्तजनको सङ्ख्या बढेको बताए।

'अघिल्ला वर्षमा सय समयमा सामान्य दिनमा दैनिक पाँच सयको हाराहारी मानिस मन्दिरमा आउने गरेका थिए', उनले भने, 'अहिले दैनिक एक हजारभन्दा बढी मानिस मन्दिरमा आउने गरेका छन्। सार्वजनिक बिदाको दिन र चाडपर्वमा त निकै भिडभाड हुने गरेको छ।' 

मन्दिरमा माता कालीको दर्शनसँगै जन्मदिन मनाउन, वैवाहिक वर्षगाँठ मनाउन, भाकल गर्न, भाकल बुझाउन, पितृको उद्धारका लागिसमेत भक्तजन आउने गरेका उनको भनाइ छ। उनले भने, 'बैशाखमा केबलकार सञ्चालनमा आएपछि मन्दिरमा भक्तजन बढेका हुन्। मन्दिरमा दैनिक नित्य पूजा, शिवालय मन्दिरमा रुद्री, हवन, विवाहजस्ता शुभकार्य हुने गरेका छन्।'

मन्दिरमा कुनै पनि कार्य गर्नका लागि समितिले पैसा तोकेर नलिने भन्दै उनले भने, 'हामीले परेवा उडाउन चाहने व्यक्तिका लागि दुई सय ५० रूपैयाँ मूल्य तोकेका छौँ, अन्य कार्यका लागि भक्तजनले स्वेच्छाले दिनुभएको दान हामीले सहर्ष स्वीकार गरेका छौँ।' मन्दिर पुग्ने भक्तजनहरुले माताको पाउमा, दान पेटिकामा रकम दिने गरेको भन्दै उहाँले केही व्यक्तिहरुले भने रसिद काटेर भेटी दिने गरेको बताए। मन्दिर दर्शनका लागि आउने भक्तजन बढेसँगै मन्दिरको भेटीसमेत बढेको उनको भनाइ छ। 

'अहिले मन्दिरले दैनिक ५० हजार रूपैयाँभन्दा बढी भेटी रकम संकलन गर्दै आएको छ', उहाँले भन्नुभयो, 'मन्दिरमा संकलन भएको भेटीबाट धर्मशाला, गुरुकुलम्, अतिथि गृहलगायत सञ्चालन भइरहेको छ। भेटीबाट उठ्ने रकमले मन्दिरको खर्च धान्न धौधौ हुने गरेको भन्दै उनले सरकारकोतर्फबाट हालसम्म मन्दिरलाई आर्थिक सहयोग नभएको बताए।

जेठ महिनामा मात्रै मौलाकाली केबलकारमार्फत २६ हजारभन्दा बढी व्यक्तिले यात्रा गरेका मौलाकाली केबलकार प्रालिका व्यवस्थापक सुरज पौडेलले बताए। माथि पुगेका अधिकांश व्यक्ति मन्दिरको दर्शनका लागि पुग्ने गर्दछन्। 

दैनिक आठ सय जनासम्म यात्रुले केबलकार चढेर चढेर मौलाकालिका पुग्ने गरेका पौडेलको भनाइ छ। नयाँ वर्षका अवसरमा बैशाख १ गतेदेखि सुरु गरिएको केबलकारमा दैनिक जस्तो दर्शनार्थीको सङ्ख्या बढेको उनी बताउँछन्।

बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने यस केबलकारबाट प्रतिघन्टा छ सय जनाले यात्रा गर्न सक्छन्। यसो लम्बाई एक हजार दुई सय मिटर छ। रासस


प्रकाशित : शनिबार, असार १६ २०८००७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend