शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

लामो खडेरीले भदैया धानको उत्पादन घट्ने अनुमान

शनिबार, असार १६ २०८०
लामो खडेरीले भदैया धानको उत्पादन घट्ने अनुमान

स्थानीय किसानका अनुसार खरेडीका कारणले अहिलेसम्म रोपाइँ हुनुपर्ने बेलामा बीउ नै रोपाइँयोग्य नभएको हुँदा समस्या भएको छ।

कलैया- लामो समयदेखि वर्षा नभई खडेरी परेको हुँदा भदैया धानको उत्पादन हुने क्षेत्रफलमा किसानले रोपाइँ गर्न नसक्दा उत्पादनमा कमी आउने भएको छ। 

आर्थिक वर्ष २०८०/८१ का लागि कृषकले विभिन्न जातका भदैया धान ११ हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा खेती गर्ने लक्ष्य लिएकामा खरेडी पर्दा र समयमा धानको बीउ तयार हुन नसकेकाले हालसम्म कृषहले १० प्रतिशतमात्र रोपाइँ गर्न सकेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राजनारायण प्रसादले जानकारी दिए। भदैया धानको क्षेत्रफलमा कमी भए पनि अगहनी धानको क्षेत्रफलमा भने वृद्धि हुने उनले बताए।

गत वर्ष कृषकले विभिन्न जातका भदैया धान ११ हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा प्रति हेक्टर चार दशमलव तीन प्रतिशतले धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए। 

कलैया उपमहानगरपालिका-१४ भैराका किसान गोपालदास बैरागी र कलैया उपमहानगरपालिका-२ का किसान प्रभु यादवका अनुसार खरेडीका कारणले अहिलेसम्म रोपाइँ हुनुपर्ने बेलामा बीउ नै रोपाइँयोग्य नभएको हुँदा समस्या भएको छ। रासस


प्रकाशित : शनिबार, असार १६ २०८००६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend