आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

पहिरोले मध्यपहाडी लोकमार्गको निसीखोला खण्ड अवरुद्ध

images
शनिबार, असार १६ २०८०
images
images
पहिरोले मध्यपहाडी लोकमार्गको निसीखोला खण्ड अवरुद्ध

सडक अवरुद्ध हुँदा बुर्तिबाङदेखि रुकुम र रुकुम, निसीखोला लगायतका ठाउँबाट काठमाडौं, बुटवल, पोखरा लगायतका ठाउँमा जाने यातायातका साधन ठप्प भएका छन्।

images
images

ढोरपाटन- दुई दिनदेखिको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गको बुर्तिबाङ-रुकुम खण्डअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका-२ जुग्जाखोला नजिकै आज पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

images
images
images

सडक अवरुद्ध हुँदा बुर्तिबाङदेखि रुकुम र रुकुम, निसीखोला लगायतका ठाउँबाट काठमाडौं, बुटवल, पोखरा लगायतका ठाउँमा जाने यातायातका साधन ठप्प भएका छन्। सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्। अहिले सडक खुलाउने प्रयास भइरहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिए।

images
images

भारी वर्षाका कारण लोकमार्गको विभिन्न स्थानमा पहिराले सडक ठाउँ ठाउँमा अवरुद्ध  बनेको छ। लोकमार्गको बागलुङ-बुर्तिबाङ खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा सडक खुलाउँदै यातायातका साधन सञ्चालन भइरहेका छन्। रासस

images
images
images


प्रकाशित : शनिबार, असार १६ २०८००५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend